सुमन ढकाल,माघ-९ स्थापनाकालको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्याङ्जाको कालीगण्डकी -१ कारिकोट चण्डीभञ्ज्याङमा अवस्थित श्री जनहित माविले अन्तर विद्यालय स्तरीय नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाकाका ११ वटा मा.वि. र वडा नम्बर १ भित्रका ६ वटा आधारभूत विद्यालयहरुले सहभागिता जनाएका थिए। विद्यालयका प्र. अ. केसर बहादुर क्षेत्रीका अनुसार प्रतियोगितालाई दुई तहमा विभाजन गरि सम्पन्न गरिएको हो। प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन भू.पू. विद्यार्थी मंच श्री जनहित माविले गरेको जानकारी दिनु हुँदै प्र. अ . क्षेत्रीले प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।
सन्दर हस्तलेखनको महत्त्वपूर्ण भूमिका हुने भन्दै नयाँ कन्सेप्टको आधारमा उक्त प्रतियोगिताको आयोजना गरिएको भूपू विद्यार्थीमंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।
प्रतियोगितामा अन्तर विद्यालय स्तरीय तर्फ , श्री आदर्श माविकी रोशनी सिंङ राना प्रथम , श्री जनता माविकी करिष्मा परियार द्वितीय र श्री जनहित माविकी थान कुमारी राना तृतीय भएका थिए। यस्तै गरि वडा नम्बर १ भित्रका आधारभूत विद्यालय तर्फबाट श्री कोटाकोट आधारभूत विद्यालयकी बिन्दु पराजुली प्रथम , श्री प्युघा माविकी कृपा क्षेत्री द्वितीय र श्री जनहित माविकी चन्द्रा सुनार तृतीय भएका थिए। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता श्री जनहित माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बेग प्रसाद श्रेष्ठले गर्नु भएको थियो। प्रतियोगितामा कालीगण्डकी गाउँपालिका स्याङ्जाकाकी उपाध्यक्ष सावित्रा कोइराला प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने बिशिस्ट अतिथिहरुमा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यय , कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अनिल ढुंगाना, कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवम् प्रबत्ता श्री कृष्ण बहादुर लामिछाने मगर रहनु भएको थियो। प्रतियोगितामा समाजेवी बम लामिछाने मगर, स्थानीय जनप्रतिनिधि लगायत शिक्षा प्रेमी महानुभावहरुले सहाभागिता जनाएर कार्यक्रमको शोभा बढाउनु भएको थिए। कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले भूपू विद्यार्थी मंचद्वारा विद्यालय र समुदायको अन्तरसम्बन्ध स्थापना भएको धारणा व्यक्त गर्नु भयो। विभिन्न विद्यालयहरु बाट सहभागी शिक्षक तथा विद्यार्थीहरुबाट यो कार्यक्रममा सहभागी हुन पाउँदा नौलो अनुभव भएको प्रतिक्रिया दिनु भएका थिए। कार्यक्रमको संचालन शिक्षक पशुपति पाण्डेयले गर्नु भएको थियो।