जि.के. पाण्डेय।
निर्वाचन आयोगले तोकेको मिति बैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा उप निर्वाचन सम्पन्न भइ नतिजा आइसकेको अवस्था छ।
र भर्खरै सम्पन्न उप निर्वाचनबाट जुन किसिमको जनमत,जुन आसय ब्यालेट बक्स मार्फत जनताले व्यक्त गरेका छ्न,उक्त जनमत मुख्यत प्रमुख ३ ठुला स्थापित दलहरु प्रति जनताको चरम वितृष्णा एवं उनिहरुले जनता प्रति गरेको धोखाधडीपुर्ण राजनीतिको नतिजा हो भनेर बुझ्दा अत्युक्ति नहोला।
नेपाली राजनीतिमा २००७ साल,२०१७ साल,२०४६ साल,२०६२/६३ सालसम्म आउँदा पटकपटक व्यवस्था परिवर्तनका निम्ति आन्दोलन नभएका होइनन्।
यसैको पछिल्लो उदाहरण हो माओवादी जनयुद्द,
पछिल्लो समय व्यवस्था एवं अवस्था परिवर्तनका निम्ति भन्दै तत्कालीन बिद्रोही माओवादिले झण्डै एक दशक लामो जनयुद्धलाइ बृहत शान्ति सम्झौता मार्फत बिट मार्दै निर्वाचनमा होमिएको थियो।
२०६४ सालमा तत्कालीन माओवादी निर्वाचनमा होमिदै गर्दा बर्षौँ लामो जनयुद्धमा जुन मुद्दा एवं एजेन्डा अगाडी सारेर सरकार विरुद्ध युद्ध गरेको थियो सोहि एजेन्डा बोकेर जनता माझ गएको थियो।
फलस्वरूप इतिहासका विभिन्न कालखण्डमा भएका संघर्ष र आन्दोलनका माध्यमबाट स्थापित भएका भनिएका राजनैतिक दलहरूलाइ पछि पार्दै नेपाली जनताले निकै ठुलो आशाका साथ माओवादीलाइ पहिलो पार्टी बनाइदिए।
तर विडम्बना भन्नुपर्छ ब्यवस्था परिवर्तन भएपनि
न माओवादीले भनेजस्तो नेपाल ५/१० बर्षमै कायापलट भो न त नेपालमा राजनैतिक स्थिरताले ठाउँ पायो अन्तत नेपाली जनताले बडो आशाका साथ पहिलो पार्टी बनाइदिएको आन्तरिक कलहका कारण टुक्रिन पुग्यो।
यहि क्रममा केहि अगाडी नेपालमा राजनैतिक स्थायित्व र समृद्धिको लागि भन्दै नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादीका बिच गरिएको पार्टी एकीकरण नेतृत्वको अनपेक्षित महत्वाकांक्षाका कारण दिगो रहन सकेन।
यस बीचमा राजनीतिमा कोहि कसैको अनन्त कालसम्म सत्रु रहदैन भन्ने कथन सुन्दै आएका नेपाली जनताहरुले यसका स्वार्थ जडित प्रशस्त उदाहरणहरु पनि देख्न र अनुभुत गर्न पाए।
नेपाली राजनीतिमा युवा पुस्ता राजनीतिको मुलधारमा अझ भनौं नेतृत्व तहमा आउनुपर्छ भन्ने बहस पटकपटक चलिरहेको हो। नेपालि कांग्रेसको पछिल्लो महाधिवेशन पछि युवा राजनीतिकर्मीहरुले नेतृत्व माथि हस्तक्षेपकारी भुमिका खेल्न नखोजेका होइनन् तर निष्ठावान कार्यकर्ताको अवमूल्यन,पार्टी कब्जा गर्ने र आँफु सधै राजनीतिको केन्द्रमा रहने,आफैं चिलिम परिने डरले सक्षम मान्छेलाइ पाखा लगाउँदै जाने,परिवारवादले गाँजेको नेतृत्वको अगाडी नयाँ पुस्ताको पनि केहि सिप चलेन।
फलस्वरूप रुपान्तरणको पक्षमा रहेका तमाम युवा कांग्रेसीहरु पनि निराश बन्न पुगे।
आम नेपाली मतदाताले इतिहासको विभिन्न कालखण्डमा फरकफरक विचार बोकेका राजनैतिक पार्टीलाइ जाच्दै,परख्दै आएका छन यसको पछिल्लो उदाहरण हो २०७९ मंसिरको संसदीय निर्वाचन एवं २०८० बैशाखको उप निर्वाचन।
जहाँ युवापुस्ताले नेतृत्व गरेको,भर्खर मात्र उदय भएको,अझ भनौं पार्टीको संगठनात्मक संरचना समेत पुर्ण नभइसकेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाइ राजनैतिक,आर्थिक रुपले निराश आम नेपाली जनताले निकै आशा एवं भरोसा गरेको देखियो।
विकसित पछिल्लो राजनैतिक घटनाक्रमले नेपाली राजनीतिमा स्थापित प्रमुख दलहरूलाइ निकै ठुलो धक्का पुगेको प्रष्ट देख्न पाइयो।जसलाई भिन्नभिन्न राजनैतिक नेतृत्वले भिन्नभिन्न कोणबाट व्याख्या गरिरहेका छन।
अन्त्यमा,
यो अवस्था आउनुका पछाडी यदि कोहि जिम्मेवार छ भने नेपाली जनताका समस्यालाइ फगत चुनावी मसला बनाउने,विभिन्न कालखण्डमा जनतामाझ गरिएका वाचालाइ नेतृत्वमा पुग्नासाथ भुलिहाल्ने,पटकपटक धोखाधडीको राजनीतिमा रमाउने प्रमुख भनिएका राजनैतिक दल नै जिम्मेवार छन।
पछिल्लो समयको निर्वाचनको नतिजालाइ पुराना दलहरुले नेपाली जनताले दिएको “सुध्रिने मौका”को रुपमा लिनुको विकल्प छैन।
पुराना अनि नेपाली राजनीतिमा स्थापित भनिएका दलहरु सुधार नगरी यहि किसिमबाट नै आफुहरुलाइ राजनीतिमा अगाडी लैजाने हो भने भविस्यमा हुने निर्वाचनको नतिजा कस्तो आउँछ यही उप निर्वाचनको नतिजालाइ आधार बनाएर सजिलै अनुमान लगाउन सकिन्छ।
बाँकी……………………………………पर्ख र हेर।
Discussion about this post