मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

94
SHARES
787
VIEWS

वैशाख -१५
डढेलो नियन्त्रणका क्रममा  जलेर उपचारका क्रममा मृत्यु भएका स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ इन्द्र थापाका परिवारलाई पालिकाले रु १ लाख प्रदान गरेको छ।

थापाको मृत्युु संस्कारको १० औं दिनमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष एवम् स्थानीय राजनीतिक व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थितिमा १ लाखको चेक हस्तान्तरण गरिएको हो।

यसै गरि इन्द्र थापा बचाऔ अभियानका क्रममा संकलित रु १७, २३,४९७ मृतक थापाकी छोरी जस्मिन थापालाई प्रदान गरिएको थियो। बचाउन भनेर अभियान संचालन गरिए पनि दुर्भाग्यवश बचाउन नसकिए पनि आफुहरुले संचालन गरेको सहयोग अभियानका क्रममा संकलित रकम मृत थापाका परिवारलाई प्रदान गरिएको अभियान कर्ता एवम् समाजसेवी पर्थ थापा मगरले जानकारी दिनु भयो।

अभियानका क्रममा देश विदेशबाट सहयोग गर्नु हुने दाताहरु प्रती हार्दिक आभार समेत थापाले व्यक्त गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार