वैशाख -१५
पाल्पामा भिरबाट लडेर एक जना पुरुषको मृत्युु भएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार मृत्युु हुनेमा बगनासकाली गाउँपालिका वडा नम्बर ७ छहरेखोलाका ४० वर्षीय केशव बहादुर बुढाथोकी रहेका छन् । मृतक बुढाथोकी छहरेखोला भिर माथीबाट करिब १५० मिटर खोल्सामा खसेका थिए।
गत १४ गते बुढाथोकी विहान घरबाट निद्रा उठेर हिडेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post