कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

80
SHARES
668
VIEWS

जेठ -८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अन्तर मा.वि. ( ९-१२) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगीतामा कालीगण्डकी गाउँपालिका भित्रका ११ वटा  माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागीहरु मध्ये श्री  भगवती नमुना मा. वि. प्रथम , श्री  जनहित  मा. वि. द्वितीय र विरेन्द्र मा. वि.  जैपतेले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई पुरस्कारस्वरुप नगद रु /- , ५,०००/- र प्रमाणपत्र   , द्वितीय हुने विद्यालयलाई नगद रु ३,०००/- र प्रमाणपत्र र   तृतीय  हुने विद्यालयलाई नगद पुरस्कार स्वरुप रु  २,०००/-  र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्षता कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले गर्नु भएको थियो भने  प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो।  अतिथिको रुपमा कालीगण्डकी गाउँपालिका प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे लगायत शैक्षिक वर्ग तथा सामाज सेवीहरुको उपस्तिथि रहेको थियो। पालिकाको महिला बालबालिका शाखा तथा कालीगण्डकी बाल संजालको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन भने शिक्षा शाखा अधिकृत भिम श्रेष्ठले गर्नु भएको थियो।

 

प्रतियोगितामा प्रथमहुने विद्यालयलाई  सामाजिक विकास कार्यलय स्याङ्जाले यहि जेठ १४ गते आयोजना गर्ने अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  समेत सहभागी गराइने कालीगण्डकी गाउँपालिका स्याङ्जाका शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले जानकारी दिनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार