सरकारले लकडाउन खुला गरे संगै सार्वजनिक स्थलमा भिडभाड बढ्न थालेको छ। घर बाहिर निस्केका प्रायः जसोले सुरक्षाका न्युनतम सावधानी समेत अपनाएको देखिदैन । यस्ले गर्दा कोरोना संक्रमणको जोखिम थप बढेको छ। यसै तथ्यलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले सूचना जारी गर्दै मास्कको अनिवार्य प्रयोग गर्न सवै स्याङ्जाबासीमा आग्रह गरेको छ। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार द्वारा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालाना गर्न जारी सुचनामा उल्लेख गरिएको छ। नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्ड आदेशको अवज्ञा गरि बिना मास्क घर बाहिर निस्कने , भिडभाड गर्ने , न्युनतम दुई मिटरको सामाजिक दुरि कायम नगर्ने जो कोहि लाई पनि तत्काल नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० बमोजिम कार्वाही हुने जनाएको छ।
Discussion about this post