नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या आज पनि सय भन्दा बढि

14
SHARES
113
VIEWS

शनिबार कोरोनाभाइरसका एक सय नौ जना संक्रमित थपिएका छन्।

चार हजार पचहत्तर जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अब नेपालमा कोरोना संक्रमित संख्या अठार हजार चार सय त्रियासी  जना पुगेका छन्।

उनका अनुसार देशभरका क्वारेन्टिनमा हठार हजार एक सय त्रियासी जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय पन्चासी जना छन्।

शनिबार कोरोना निको भएर एक सय छ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या तेह्र  हजार त्रिपन्न  पुगेको छ।

कोरोनाबाट नेपालमा अहिलेसम्म पैंतालीस जनाको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार