तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम

13
SHARES
108
VIEWS

विष्णु पान्डेय
पाल्पा, साउन ९
तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढेको छ । लागातार परेको अविरल वर्षातका कारण बाढी पहिरोको जोखिम बढेको हो ।चुरे क्षेत्र सँगै कमजोर भूभाग भएको कारण बाढी र पहिरोको जोखिम बढेको छ । एक हप्तादेखि लगातार परेको वर्षातले विभिन्न स्थानहरुमा क्षति पुर्याएको छ । पहिरोले वडा नं. १ को रानीबगिया झिंगामारा कचल मोटबाटो र दोभान कचल मोटरबाटो अवरुद्ध भएको छ ।पहिरोका बीचमा पनि ओखलढुंगा अंकुसे धुस्तुङ्ग मोटरबाटो भने सुचारु नै रहेको छ । वडा नं. २ दोभानबजार र घौडेवासबीचमा समेत पहिरो झरेको छ । पासाकुण्ठ र बुढासक वीचको मोटर बाटोमा समेत अवरोध भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।


यस्तै पानीमिल देखि श्रीडाँडा जाने अर्घाखाँची सिमेन्टको पहुँच मार्गमा समेत जमिन भासिएर पहिरो जाने अवस्थाले यहाँका ३० घरबढी जोखिममा रहेका छन् , त्यस क्षेत्रका परिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा बसोवास गर्न र सर्तक रहन आग्रह गरेको छ ।पहिरोले झुम्सा चौकीभञ्ज्याङ्ग बैकल्पिक मार्ग, र गिजिनचौर नुवाकोट मोटरबाटो अवरुद्ध भएको छ । तिलोत्तमा मावि नजिक पहिरो खसेको छ । यस्तै वडा नं. ५ को काल्डाँडा विस्कुनडाँडा मरामकोट मोटरबाटो अवरुद्ध, मस्यामको चिदिस बेलडाँडा शिखरडाँडा मोटरबाटो अबरुद्ध भएको गाउँपालिकाकाले जनाएको छ ।पहिरोले झुम्सा चौकीभञ्ज्याङ्ग बैकल्पिक मार्ग, र गिजिनचौर नुवाकोट मोटरबाटो अवरुद्ध भएको छ । तिलोत्तमा मावि नजिक पहिरो खसेको छ । यस्तै वडा नं. ५ को काल्डाँडा विस्कुनडाँडा मरामकोट मोटरबाटो अवरुद्ध, मस्यामको चिदिस बेलडाँडा शिखरडाँडा मोटरबाटो अबरुद्ध भएको गाउँपालिकाकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार