सुमन ढकाल
फागुन -२३। नेपाली लोकगितको संग्राममा गितहरु आउने क्रम जारी छन्। यसै क्रममा कृष्ण बस्यालको नयाँ गित “सिमलैमा मैना” बोलको गित अर्जुन सापकोटाको युटुव च्यानलबाट रिलिज भएको छ। केही समय अगाडि बस्यालको “बनकी चरी” बोलको गितले सांगितिक बजारमा चर्चा पाएको थियो र अहिले उक्त गित करोड क्लवको नजिक रहेको देख्न सकिन्छ। अहिले पनि धेरैले राम्रो हुने अपेक्षा गरिएको गितलाई अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाजमा साथ मिलेको छ भने अर्जुन सापकोटाको लय सिर्जना गरेका हुन् । जस्मा कृष्ण बश्यालले शब्द/ सिर्जनाद्वारा गितलाई थप राम्रो बनाउने प्रयास गरेका छन् । गितको म्युजिक भिडियोमा दिप्ती गोम्जा र शिव खड्काको अभिनय रहेको छ। भिडियोलाई सुर्य लामाले छायांकन/सम्पादन गरेका हुन् भने प्रतिक ङेस्युरले निर्देशन गरेका हुन्।
हेर्नुहोस् पुरा भिडियो:
Discussion about this post