स्याङ्जा – कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने भएको छ। कालीगण्डकी गाउँ पालिका स्याङ्जाको कृषी कार्यक्रम अन्तर्गत गाउँ पालिकाको वडा नं – ४ पुच्छारमा २० रोपनी जग्गामा खेती गर्न लागिएको हो। ड्र्यागन फल खेतीको लागि पिलर तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। गाउँ पालिकालाइ अर्थिक रुपले समृद्ध राख्न र अन्य किसानहरुलाइ प्रेरित गर्न गाउँ पालिकाले यो कार्यक्रम ल्याएको हो। कार्यक्रम अन्तर्गत ड्र्यागन फलको बिरुवा रोप्ने काम छिट्टै गरिने गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले बताउनु भयो।
के हो त ड्रागनफल ?
ड्रागन फ्रुट सिउडीको प्रजातिमा पर्छ । यसको खेती जहाँ पानी कम पर्छ जहा अधिक गर्मी हुन्छ त्यस्तो ठाउमा खेती गर्न सकिन्छ । यानिकी हाम्रो नेपालको आधा भागमा ड्रागन फ्रुटको खेती गरेर यसको फाईदा लिन सकिन्छ ।
यो फलको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्न मदत गर्छ भने मुटु रोगी बिरामिको लागि एकदम राम्रो गर्छ । यो फल खाएपछि पेट सफा हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जीपेय पदार्थ, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।
फूल फुलेको चार-पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ । त्यसैले यसलाई रातकी रानी पनि भन्ने गरिन्छ।
यो फलले मौसमको परिबर्तनलाई यानीकि तापमानको उतरचडापलाई सजिल्यै सहन सक्छ भने २० देखि ३ ०डिग्री सेल्सियस तापक्रम यसको लागि उपयुक्त हुन्छ ।
यसको खेती धेरै उचाईमा लगाउदा राम्रो आम्दानी लिन सकिँदैन यसको खेति 50% वार्षिक औसत वर्षा हुने जग्गामा सजिलोसँग लगाउन सकिन्छ।
यसको खेतिको लागि माटोको कुनै विशेष प्रकारको आबश्यक्ता चाहिदैन।
यसको मतलब यो फलको खेती सबै प्रकारको माटोमा लगाउन सकिन्छ । तर व्यावसायिक खेती गर्न चाहाने किसानहरुले 5.4 ph देखि 7ph भएको माटोमा लगाउदा राम्रो हुन्छ ।
यो फलको खेती गर्नु भन्दा पहिला जमिनलाई राम्रोसँग खन्जोत गर्नु पर्छ । त्यस पछी गोबर मल र कम्पोस्ट मल हालेर फेरि खनजोत गर्नु पर्छ ।
यो खेति गर्ने ठाउमा पानी जम्न नदिन निकाशको राम्रो ब्यबस्थापन गर्नु पर्छ ।
यसको बिरुवा तयार पार्ने दुई तरिका छन। एक यसको बिजद्वारा र अर्को बिरुवाको हागाको कलमी गरेर ,तर धेरै किसानहरुले यसको बिरुवाको कलमी गरेर खेती गर्ने गरेका छन । यसको बिउबाट बिरुवा बनाउन धेरै समय लाग्ने गर्छ ।
व्यावसायिक खेतिको लागि बिउबाट भन्दा बिरुवाको कलमिबाट बिरुवा बनाउदा अध्यधिक राम्रो हुनेछ ।
यसको कलमी गर्दा सानोसानो हागालाई छुटाएर माटो हालिएको प्लास्टिकको प्याकेडमा राख्नु पर्छ । प्लास्टिकको प्याकेटमा उचित मल र पानीको ब्यबस्थापन गरेर जरा उम्री सके पछी ।दुई दुई मिटरको दुरिमा , ६० सेन्टिमिटर चौडा र ६० सेन्टिमिटर गहिराईको खाल्डो खनेर गोबर मल र कम्पोस्ट मल माटोसँग मिलाएर कलमी बिरुवा रोप्नु पर्दछ ।
बिरुवा बढ्दै गए पछी बिरुवाको साहाराको लागि सिमेन्टको खम्बा, बाँस, वा काठको खम्बा गाड्नु पर्छ ।
अरु खेतिको तुलनामा ड्रागन फ्रुटलाई एकदम कम पानीको आवश्यकता पर्दछ । बिरुवा रोपेको हप्ता हप्ता दिनमा सिचाइ गर्नु पर्छ ।
गर्मीको समयमा आबस्यकता अनुसार पानीको सिचाई गर्नु पर्दछ । ड्रागन फ्रुटको लागि ड्रप सिचाई राम्रो हुन्छ ।
यसको बिरुवाको लागि जैबिक मल अत्यन्तै राम्रो हुन्छ । त्यसैले प्रती बिरुवा १० देखी १५ किलो जैविक उर्वर कम्पोस्ट मल दिनुपर्छ ।जैविक मलको मात्रा प्रति दुई वर्षमा बढाउने गर्नु पर्छ यसको साथमा यसको राम्रो बिकाश गर्नको लागि समय समयमा रासायनिक मल पनि हाली रहनु पर्छ । जसमा पोटाश ४० ग्राम, सुपर फास्फेट ९० ग्राम र यूरिया ७० ग्राम प्रति बिरुवा लगाउनु पर्छ । जब बिरुवामा फल लाग्न शुरूहुन्छ तब नाइट्रोजन को मात्रा कम गरेर पोटाशको मात्रा बढि दिनुपर्छ ।जसले धेरै फल अडिन सक्छ । यसको फल आउनु भन्दा पहिला ५० ग्राम यूरिया ५० ग्राम सिंगल सुपर फास्फेट र १०० ग्राम पोटाश दिनु पर्छ । प्रति वर्ष प्रति बिरुवामा २२० ग्रामबाट रासायनिक मलको मात्रा बढाएर १.५ किलो सम्म लगाउन सकिन्छ । ड्रागन फ्रुट खेतिमा आजसम्म कुनै पनि रोग देखा परेको छैन ।
ड्रैगन फ्रूटले एक सिजनमा ३ देखी ४ पटक फल दिन्छ भने प्रती फलको वजन लगभग ३०० देखी ८०० ग्राम सम्मको हुने गर्छ ।
प्रती बोटले एक सिजनमा ५० देखि दुई सयसम्म फल दिने गर्छ । यसको अनुपातमा एउटा बोटले अनुमानित २५ देखि सय किलो सम्म फल दिन्छ । एक रोपनी जग्गामा कम्तिमा ३० देखि ४० बोट लगाउन सकिन्छ ।
Discussion about this post