कृष्ण अन्जान
रुरु
जेठ -१७। समय यति फेरिएकाे छ गाउँ-घर तिर बुढा बा-आमा बाहेक घरमा अरु बस्दैनन ।
छाेरा बिदेश तिर छन् भने बुहारी छाेरा-छाेरी पढाउन भन्दै शहरमा डेरा डण्डा सारेका छन् । जागिरे छाेरा छन् भने बुहारी सँगै छन् । गाउँकाे रखवालीकाे ठेक्का बुढा बा आमा संग छ ।
कतिका छाेरा, बुहारी , छाेरी -ज्वाइँ अमेरिका अष्ट्रेलिया तिर छन् भने उतै कमाउँछन अनि खान्छन् । बा-आमा प्रति चिन्ता गर्ने समय छैन ।
बुहारी छाेरी सुत्केरी भए भने तेल घसघास भिषामा आमा बा लाई दुईचार महिना उतै बाेलाएर सस्तो कामदारकाे रुपमा कज्याउँछन र फिर्ता पठाउँछन ।यहि हाे अहिलेकाे नेपाल ।
छाेरा -छाेरीहरुलाई हुर्काए ,पढाए ,बढाए पछि उनिहरुले गाउँ छाड्छन र बा आमाले मात्र गाउँ कुर्छन ।
तर बा आमालाई छाेराछाेरीले नपाले पनि सरकारले पाल्न थालेपछि उनिहरु खासै दुखि छैनन् ।
रुरुक्षेत्र १ च्यूरेक कि पुनम वि.क. काे अनुहारमा यतिवेला खुशि छाएकाे छ ।मासिक दुई हजार सामाजिक सुरक्षा भत्ताले गुजारा चलाउँदै आएकाे भत्तामा सरकारले मासिक एक हजार थपिदिने भएकाे छ ।
“धन्न सरकार रैछ नभए कसरी जिउँथे हाेला पुनमले दुई हात जाेड्दै भन्नु भयाे जय हाेस सरकार ।”
पुनम जस्ता लाखौं बा आमाका अनुहार यति बेला उज्यालो छ । अब दुई हजार महिना पाउनेले तीन हजार र तीन हजार पाउनेले चार हजार भत्ता पाउने भएका छन् ।
गाउँ घरमा जीवन जिउने बा-आमाका लागि मासिक चार हजार भत्ता धेरै हाे ।दुइजनाकाे मासिक आठ हजार हुन्छ र चार महिनाकाे बत्तिस हजार । एक जनाकाे चार हजारले चौमासिक साेह्र हजार गाउँमा याे ठुलाे रकम हाे ।मज्जाले रासन पानी पुग्छ ।
मनमाेहन प्रधानमन्त्री हुँदा मासिक एक सय बनाइएकाे बृद्ध भत्ता कम्युनिस्ट सरकार जतिबेला आयाे त्यति बेला नबढेकाे समय नै छैन ।
एक सय भत्ताबाट मासिक चार हजार पुग्दा सरकारले बृद्ध अवस्थाकालाई सम्मान मात्र हाेइन जीउने आधार समेत दिएकाे बुझाई छ । रुरुक्षेत्र १ च्यूरेक कि द्वन्द पिडित आमा यमकला ज्ञवालीकाे ।
“एक सय दिँदा यति जाबाे भन्थे नहुनिलाइ एक सय पनि ठुलाे हाे झन् अहिले त महिनाकाे चार हजार पुग्यो गाउँमा त उस्तैलाई खान पुग्छ ।”ज्ञवालीले भन्नु भयाे ।
“नपुग्दाे त केही छैन तर राज्यले सम्मान गरेकाे अनुभुति गरेका छु।” रुरुक्षेत्र ३ का जनकलाल श्रेष्ठले भन्नु भयाे ।
“गाउँघरमा बस्ने बा-आमाले यहि वृद्ध भत्ता कहिले आउँछ भनेर कुर्ने गरेकाे र पटकपटक हाम्रो भत्ता कहिले आउँछ भनेर साेध्ने गरेकाे बताउनु हुन्छ “रुरुक्षेत्र गाउँपालिका वडा न ३ का वडा सचिव बालकृष्ण गौतम ।
हुनपनि याे भत्ता त बुढेसकालकाे सहारा भएकाे छ “वडा सचिव गौतमले भन्नु भयाे ।
बा-आमाले भत्ता बुझ्न थालेपछि छाेरा छाेरिले पनि बा-आमालाई पहिला भन्दा बढि माया स्याहार गरेकाे आफुले पाएकाे रुरुक्षेत्र गाउँपालिका वडा २ का वडाध्यक्ष घनस्याम अर्यालकाे भनाइ छ ।
याे सामाजिक सुरक्षा भत्ता वास्तवमै बुढा बा-आमा शारिरिक अपाँगता भएका एकल महिला हरुलाइ राज्यले गरेकाे सम्मान भएकाे वडाध्यक्ष अर्यालले बताउनु भयाे ।
जीवनका पछिल्ला चरण बा आमाका लागि जीवन कष्टकर हुन्छन।बिदेशमा पुगेका छाेरा बुहारीहरुलाई कमाएकाे खान ठिक्क हुने ।
छाेराकाे कमाइ बुहारीलाई शहरमा बसेर छाेराछाेरी पढाउँदै ठिक्क हुँदै गर्दा एक मुठि सास धान्न सरकारले गरेकाे भत्ताकाे व्यवस्थाले गाऊँघरमा बा -आमालाई जीवनयापन गर्न सजिलो भएकाे छ र बुढा बा-आमाले सरकारलाई धन्यवाद दिइरहेका छन ।
Discussion about this post