१०० वर्षपुग्दा पनि ज्योतिषी पेशा धान्दै गुल्मीका हिमलाल न्यौपाने

68
SHARES
563
VIEWS

चुरामणि तिमिल्सिना
जेठ -१७। गुल्मी दिगामका प्रख्यात ज्योतिष सिमलपाने बुबा भनेर उपनामले चिनिने हिमलाल न्यौपाने आजबाट १०० बर्षमा प्रवेश गर्नु भएको छ ।

बि. सं. १९७९ सालमा बुवा थानेस्वर न्यौपाने र आमा उत्तमा न्यौपानेको कोखबाट जन्मनु भएका हिमलालले सानै उमेरदेखि नै यो पेशामा रुचि राख्ने गर्नु हुन्थ।

आठ छोरा र १ छोरीलाई जन्म दिनु भएका बुवा आमाले आफु भने जेष्ठ सुपुत्र भएको हिमलालले बताउनु भयो ।

हिमलाल दिगामा पन्चायतमा प्रधान पंचको पदमा रहेर पनि कार्य भार समाल्नुभयो उहाँले विभिन्न सामाजिक संघ संस्था तथा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर काम गर्ने मौका समेत पाउनु भयो। आफुले पढेको बिद्या सबैतिर बाढ्नु पर्छ भनेर सबैलाई सिकाउन पर्छ भन्ने महान बिचार भएका न्यौपाने अहिले यस छत्रकोट गाउँपालिकाको जेष्ठ नागरिकको रुपमा चिनु भएको छ । परिवारको रुपमा ६ छोरा र २ छोरिआफुले पायको बताउनु भयो।

आज बुवा हजुरको जन्म दिन हजुर बुवा आज हजुर जन्मेको दिन गुरु आज तपाईको विशेष दिन भनेर बिस्तारैमा फोन सम्पर्क गरेर सवैले जन्म दिनको शुभकामना दिनु भएको भतिज टिकाराम न्यौपानेले बताउनु भयो ।

“आफु संग शिक्षा लिएर महान ठुला-ठुला ज्योतिषी बनेर अहिले पात्रो प्रकाशन गर्ने ,अफिस सञ्चालन गर्ने , चिना बनाउने काम गरेको देख्दा र सुन्दा आन्न्द को महसुस हुन्छ ” न्यौपानेले भन्नू भयो। अझै अचम्म्को कुरा र के छ भने पूर्व उपप्रधान मन्त्री बामदेब गौतम पनि वहाँ संगै अध्ययान गरेका हुन ।

हिजो-आज चिना बनाउने, चिना लेख्ने काममा व्यस्त रहनु भएका हिमलाल कसैसंग पनि पैसाको बार्गेनिङ नगर्ने जस्ले जे दिन्छ उहि लिने शान्त स्वभावका हुनुहुन्छ ।

अधिकांश ज्योतिषीहरुले कलम प्रयोग गरि चिना लेखे पनि आफुले भने बासका कलम निर्माण गरि मसि निर्माण गरि चिना लेख्ने गरेको बताउनु भयो। उहाँले आफ्ना नित्य कर्म आफै गर्नु हुन्छ खासै चस्माको प्रयोग पनि गर्नु हुन्न चिना बनाउन तथा हेर्नका लागि पाल्पा ,गुल्मी स्याङ्जा अर्घाखाँची कपिल बस्तु लगायतका ठाउ हरुबाट आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार