साउन -२४
पाल्पा – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन नगरपालिकाकी एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तानसेनमा डेरा गरि बस्ने रैनादेवीछहारा गाउँपालिकाका २३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।
पक्राउ परेका आरोपित २३ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भैरहेको प्रबक्ता एवम् सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो। पछिल्लो समयमा पाल्पामा जबरजस्ती करणी र आत्महत्याका घटनामा वृद्धि आएको तथ्यांकले देखाएको छ।
Discussion about this post