चुरामणि तिमिल्सिना
कार्तिक -१३ पाल्पा रिब्दिकोटकोट गाउँपालिका वडा न ४ हटिया निवासी स्व. राम प्रसाद श्रेष्ठको १३ औ दिनको पुन्य तिथिमा रुरुक्षेत्र रिडीमा रहनु भएका भक्त भक्तेनी , कल्पबासी , असहाय, बिपन्न बर्ग , गायत्री गुरुकुलका बटुकहरु लगायत ४५ जनालालाई दैनिक उपभोग्यका खाद्य सामग्री , लत्ताकपडा दक्षिण फलफुल वितरण गरिएको कार्यक्रम संयोजक ठाकुर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आजै स्व. राम प्रसादकी पत्नी मिना श्रेष्ठ , छोरा चुरा प्रासद श्रेष्ठ , सुधन श्रेष्ठ , छोरि कल्पना र रन्जना श्रेष्ठले मानव कल्याण वृद्ध आश्रम रिडी बजारमा पनि संस्थाका अध्यक्ष जीवन कुमार कसजुको अध्यक्षतामा सामाग्री तथा नगद वितरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कसजुले यश आश्रममा हाल सम्म यस्तै सहयोग र दान दाताको कृपा भक्तीबाट सन्चालन हुँदै आयको र आगामी दिनहरूमा पनि यस्तै सहयोग आउने कुरामा विश्वास दिलाउदै दानदातालाई धन्यवाद प्रकट गर्नु भयो। कार्यक्रममा श्रेष्ठ परिवारले संस्थाको लागि पनि रु ७ हजार अक्षयकोष स्थापना गर्नुभएको छ।
Discussion about this post