१७ हजार शिक्षक पदपुर्ती गर्दै शिक्षक सेवा आयोग!

65
SHARES
542
VIEWS

काठमाडौँ ।
नेपालका सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त छ । तर शिक्षक सेवा आयोग भने ३ वर्षदेखि खुलेको छैन । दरबन्दी रिक्त हुँदा विद्यालय र विद्यार्थीले भने विषयगत शिक्षकको अभाव झेलिरहेका छन् । यसबाट विद्यार्थीको पठनपाठन र शैक्षिक गुणस्तरमा असर पर्ने भनेर सरोकारवालाले बेलाबेला ध्यानाकर्षण पनि गराइरहेका छन् ।

२०७५ साल जेठ र असारमा खुलेको बढुवा, शिक्षण इजाजत पत्र र शिक्षक दरबन्दी पूर्तिको परीक्षा त्यसपछि खुलेको छैन । केही महिना अघि मात्र शिक्षक सेवा आयोगले मंसिर अन्तिमसम्म परीक्षा सम्पन्न भइसक्ने बताएको थियो ।

तर आयोगले पहिले बताएको अवधिमा पनि परीक्षा नहुने भएको छ । अब आयोगको जवाफ ‘परीक्षा छिट्टै हुन्छ तर यही मितिमा हुन्छ भनेर भन्न सकिँदैन’ भन्नेमा टुङ्गिने भएको छ । अब आयोगले यसको कारण ‘शिक्षक सेवा नियमावली संशोधन’ लाई देखाउन थालेको छ ।

बि.सं २०५७ मा लागू गरिएको शिक्षक सेवा नियमावली बि।सं २०७६ मा दशौँ पटक संशोधन गरिएको थियो । सोही नियमावलीको एघारौँ संशोधनको लागि कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री भएको बेला क्याबिनेटमा प्रस्ताव गरिएको पनि थियो । तर नियमावली संशोधन भएको छैन ।

आयोगले नियमावलीको १८ नम्बर बुँदालाई शिक्षक सेवाबाट लिइने खुला परीक्षा र ३८ नम्बरको बुँदामा बढुवाको परीक्षामा १०० पूर्णाङ्क राखेर संशोधन गर्ने प्रस्ताव गरेको आयोगका उप सचिव सुदर्शन मरहट्ठाले बताए ।

सरकार परिवर्तन भई अहिले शिक्षामन्त्री देवेन्द्र पौडेल नियुक्त भएपछि फेरी आयोगले संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएको हो भने मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय भने गरेको छैन । आयोगले भने नियमावली संशोधन नहुँदा वार्षिक कार्यतालिका समेत प्रकाशन गर्न नपाएको मरहट्ठाको भनाई छ।

आयोगले गर्नुपर्ने तयारी र पाठ्यक्रम निर्माणको काम भने अन्तिम चरणमा पुगेकाले अब परीक्षा लिन आयोग तयारी अवस्थामा रहेको मरहट्ठाले जनाए । तर नियमावली संशोधन नभएसम्म परीक्षा कहिले हुन्छ भन्ने कुनै टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार