सुनको मूल्य तोलामा चार सय घट्याे, चाँदीको पनि मूल्य घट्याे

17
SHARES
143
VIEWS

काठमाडौं, १५ मंसिर

आज साताको चौथो काराेबार दिन (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार