पुस -१८
पाल्पा : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु तथा घाइते भएकाहरुको परिचय खुलेको छ। बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गएको लु१ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा अर्घाखाँची मालारानी नगरपालिकाका वडा नम्बर २ का शंकर बिक , ३६ वर्षीया मोहन कुवर , २८ वर्षका भोजेन्द्र बिक , रुपेन्देहीका बिजय थापा क्षेत्री , ३० वर्षीया पशुपति रसाइली , ४० वर्षीया खुम बहादुर राना र अर्जुन बिक रहेका छन् ।
दुर्घटनामा परि घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना-६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टोमटा रहेका छन्।
यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते भएका छन्।
यस्तै बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
Discussion about this post