११२ औ नारी दिवस कालीगण्डकीमा पनि विविध कार्यक्रमका साथ सम्पन्न

24
SHARES
197
VIEWS

फागुन -२४
११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्याङ्जाको कालीगण्डकीमा पनि विविध कार्यक्रमकाको आयोजना गरि मनाइएको छ। पालिकाले गहलाममा खुला महिला बकतृत्वकला , असल बुहारी सम्मान तथा जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रमका हरुको आयोजना गरि सम्पन्न गरेको छ। आजको कार्यक्रमको अध्यक्षता कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सवित्रा कोइरालाले गर्नु भएको थियो। यस्तै गरि कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री तथा निर्वाचित संघीय माननीय पद्मा कुमारी अर्याल , बिशिस्ट अतिथिहरुमा नेकपा एमाले स्याङ्जाजिल्लाका अध्यक्ष सुर्य प्रसाद गैरे , कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा र अखिल नेपाल महिला संघ स्याङ्जाकी तारा शर्मा रहनु भएको थियो।

यस्तै गरि कार्यक्रममा अतिथिको रूपमा नेकपा एमाले कालीगण्डकीका अध्यक्ष कृष्ण लामिछाने मगर , राष्ट्रिय जनमुक्ति पार्टीका स्याङ्जाका बम लामिछाने मगर र नेपाली काङ्ग्रेस कालीगण्डकीका सभापति नरबहादुर रानामगरको लगायतको उपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा वडा अध्यक्ष , गाउँ सभाका सदस्यहरु , शिक्षा समितका पदाधिकारीहरु , महिला संजालका प्रतिनिधिहरु र विभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन हुम कला बिकले गर्नु भएको थियो।

कार्यक्रममा आयोजना गरिएको खुला बकतृत्वक्ला प्रतियोगिता तर्फ कालीगण्डकी -७ मिर्मीकी लिजा भट्टराई प्रथम, गृष्मा न्यौपाने द्वितीय र तुलसा न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल हुनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार