स्वास्थ्यकर्मी :- सन्ध्या केसी
गर्भवति अवस्था भनेको गर्भाशयमा शिशुको वृद्धि विकास हुने अवस्था हो। यस अवधिमा शिशुको ८०% प्रतिशत वृद्धि विकास हुन्छ । साथै आमाको पनि शारीरिक तथा मानसिक परिवर्तन हुन्छ ।यो एक संवेदनशील अवस्था हो ।
सानो हेलचेक्राइले आमा शिशुको ज्यान जोखिममा पार्ने सक्छ । आमाले साविकको खाना भन्दा थप एक पटक बढी पोषिलो ( अन्न ,गेडागुडी, हरियो सागपात तथा पहेँलो फलफूल, पशुपंक्षी जन्य) खानेकुराहरू मिलाएर संतुलित खाना खानुपर्छ।
आमालाई माया, स्नेह, support आवश्यकता अनुसार हेरचाह सहयोग गर्नुपर्छ । आमाले जथाभावी औषधी , जाँडरक्सी, चुरोट सेवन गर्नु हुँदैन ।
स्वास्थ्य संस्थामा गई स्वाथ्य कर्मचारीको सल्लाह अनुसार ideal ANC visit ८ पटक गर्भा जाँच गर्नुपर्छ।
गर्भावस्थामा हुन सक्ने समस्यालाई समयमै पहिचान गरि व्यवस्थापन गर्न जस्तै रक्तअल्पता, उच्च रक्तचाप, TB, मुटुरोग, pre-eclamesia, APH, मधुमेह, मृगौला सम्बन्धी रोगहरू तथा बच्चाको अवस्थाको पनि जानकारी पाउन सकिन्छ साथै जुकाको औषधी , iron, calcium पनि लिनु पर्छ।
नेपालमा मातृमृत्यु दर रक्तस्राव (hemorrhage) बाट 24% र eclampsia बाट 21% रहेको छ ।
गर्भावस्थामा हुन सक्ने खतराका लक्षणहरू समय पत्ता लगाउन सके मातृमृत्यु दर कम गर्न सकिन्छ ।
अत्यधिक मात्रामा बान्ता हुनु, आँखा तिर्मीराएर धमिलो देख्ने,हात खुट्टा मुख सुन्निने, टाउको सार्हौ दुख्ने ज्वरो आउने, कडासित तल्लो पेट दुख्ने, यौनीबाट रगत तथा गन्हाउने पानी बग्ने, हातखुट्टा अह्ररो भई काप्ने , मुर्छा पर्ने उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा गई स्वाथ्य परिक्षण गराउनु पर्छ।
Discussion about this post