कृष्ण अन्जान
रुरु वैशाख -३०।
नेपालकै एक मात्र लिचीगाउँ च्यूरेकका लिची किसानहरुका लिचीका बाेटमा लागेकाे अज्ञात राेगकाे पहिचान गरिएकाे छ ।
विभिन्न सँचार माध्यममा लिचीमा लागेकाे राेगका बारेमा स्थानिय पत्रकार कृष्ण अन्जान मार्फत समाचार प्रकाशन र प्रशारण भएपछि कृषि तथा बन बिज्ञान विश्वविद्यालय प्राकृतिक श्राेत व्यवस्थापन कलेज कास्की पुरन्चाैरमा कृषि सँकाए तर्फ स्नातक अध्ययन गरिरहेका रुरुक्षेत्र १ च्यूरेकका विध्यार्थी अाेमकार ज्ञवालीले उक्त राेगकाे स्थलगत अध्ययन अनुसन्धान गर्दा याे समस्या एल इ एम अर्थात लिची इनिराेज माइट का कारण देखा परेकाे पाइएकाे छ ।
बैज्ञानिक नाम एसिरिया लिची जातकाे किराबाट लिचीकाे बाेटमा याे सँक्रंमण देखा परेकाे ज्ञवालीले बताउनु भयाे ।
शुक्ष्म दर्शक यन्त्र बाट हेर्न सकिने याे किरा ग्रसित पात बाट स्वस्थ पातहरुमा सर्ने र ती पातहरमा सरिसकेपछि पात बटारिनु का साथै खैराे हुने र लिची उत्पादन लाई नाेक्सानी गर्ने पात सुक्ने हुन्छ ।
लिचीका स्वस्थ्य पातमा सँक्रमण गरेकाे किराले अण्डा बाट ३ देखि ४ दिन सम्म बच्चा पार्छ ।याे किराकाे जीवन चक्र १४ दिनकाे भएपनि कमै दिनमा राम्रै नाेक्सानी गरेकाे पाइएकाे छ ।
याे राेग बाट बाेटलाइ बचाउन सल्फरयुक्त विषादी इनसेक्टिसाइड मेटासाइट काे प्रयाेग गरिनु पर्ने सुझाव समेत अाेमकार ज्ञवालीले दिनु भएकाे छ ।रुख सानाे भए सल्फर युक्त अौषधिले उपाचार गर्ने र मुख्यतया स्प्रे गर्नु पर्ने र रुख ठुला छन र फल लागिसकेकाे भए उत्पादन लिइ सकेपछि रुखमा विषादीले स्प्रे गर्नु पर्ने ज्ञवालीकाे भनाइ छ ।
यसै गरि राेग लागेकाे पात र हाँगालाइ हटाउनु पनि सकिने ज्ञवालीकाे भनाइ छ ।
बजारमा अनेक थरिका विषादि हुने र यी विषादि प्रयाेग गर्दा कृषि प्राविधिककाे सल्लाह लिम समेत ज्ञवालीले किसानलाइ सचेत गराउनु भएकाे छ ।
लिची गाउँका किसान हरु राज्यका निकाए हरुले सल्लाह सुझाव सँगै लिची खेती बारे प्राविधिक ज्ञान लिचीमा लाग्ने राेग ती राेगकाे निराकरण बारे केही ज्ञान सीप उपलब्ध नगराउँदा बर्षौँ देखि लिचीमा लाग्ने राेगकाे समस्याले ग्रसीत छन ।
लिची ब्लक स्थापना भए पनि स्तरानिय तह तथा कृषि क्षेत्रका सरकारी नोकायकाे न अनुगमन त निरिक्षण नै भएका कारणले पानीका घैँटा बनाउने र एक दुई घरमा लिचिका एक दुई बाेटमा जाली अाेढाउने बाहेक लिची ब्लक कुहिराेकाे काग सावित भएकाे छ ।
Discussion about this post