रामपुर नगरपालिकाद्वारा शसस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण
पाल्पा, रामपुर नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन शसस्त्र प्रहरी बललाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाले शसस्त्र प्रहरी बल नेपाल, नं. ३५ गुल्म तानसेनलाई बाढी, पहिरो, आगलागी लगायत विभिन्न विपद्को समयमा उद्धारका लागि प्रयोग हुने सामग्री उपलब्ध गराएको हो। नगरपालिकाले...










