रिडी,गुल्मी।
राजनीति विचार मात्र हाेईन सामाजिक उत्तरदायित्व पनि हाे ।समाजका लागि केही गर्नु राजनीति हाे ।
यतिबेला नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ कमिटी सामाजिक उत्तरदायित्व वहन गर्ने कुरालाई पछ्याउँदै विपद व्यवस्थापन काेष निर्माणमा जुटेकाे छ ।
याे वर्षको तिहारमा नेकपा एमाले रुरुक्षेत्र वडा न १ कमिटी भैलाे खेल्दै काेष सँकलनकाे अभियानमा छ ।

लक्ष्मीपुजाकाे दिन पार्टीका पदाधिकारी ,सदस्य शुभचिन्तक हरु रिडीबजारमा भैलाे कार्यक्रममा जुटेकाे देखियाे ।
भैलाे कार्यक्रममा जनसाँस्कृतिक सँघ गुल्मीका कलाकारका टाेलिहरु हरुसँगै पार्टी पँक्तिकाे सहभागिता छ ।
नेकपा एमाले रुरुक्षेत्र १ ले हरेक अप्ठ्यारा हरुमा समुदायलाई सहयाेग गर्दै आईरहेकाे छ ।
विगतमा भुकम्पकाे पीडितलाई सहयाेग हाेस काेभिडका बेला राहत वितरण ,बाढि पहिराे ,काेभिडका समयमा अक्सिजनकाे जाेहाे गर्दै अक्सिजन बैँककाे स्थापना गरेर पार्टीका गतिविधिलाई जनताका प्रत्यक्ष समस्या सँग जाेडेकाे कसैबाट लुकेकाे छैन ।
वडामा कसैका घरमा मर्दा पर्दा ,समुदायमा काेहि बिरामी पर्दा फलफूल ,मृत्युुमा समवेदना पत्र बाेकेर नेकपा एमाले रुरुक्षेत्र वार्ड कमिटी पुग्छ ।

काेभिडले रिडीबजार थलिँदा बेसार ,गुर्जाे ,मरटि लगाएतका जरिवुटिका पाेका बाेकेर एमाले कार्यकर्ताले घरघर पुर्याएकाे सम्झना रिडी बजारकि धना रानाले गर्नु हुन्छ । कोरोना महामारी को दोस्रो चरणमा देशभर अक्सिजन हाहाकार हुदा यस वार्ड कमिटि ले गाउँपालिका स्तरिय अक्सिजन बैक स्थापना गरेको थियो ,यो अक्सिजन बैक ले मृत्युु को मुख बाट बचाएको ,च्युरेक कि कमला क्षेत्री बताउनु हुन्छ ।
आफुलाइ दुख र कोभिड बिमारी थलिएको बेला आफ्नो परिवार समेत भेट्न नपाउदा एमाले को यो टोली आफुलाइ दैनिक भेटे औषधि र भिटामिन तथा अक्सिज दिएको कुरा गहभरी आँसु बनाउदै राजकुमार ले बताउनु भयो थानपतीमा भएकाे आगलागी हाेस या लुम्पेक पहिराे पिडित हरुका लागि राहतकाे व्यवस्था ,काेभिड महामारीमा जाेखिमकाे समाना गर्दै ज्यानको बाजीलगाएर ओैषधि बितरणका काममा एमाले रुरुक्षेत्र गाउँ कमिटीले गरेकाे काम स्मरणीय छ ।
हामीले मुख्यतया विपदका बेला सहयाेग गर्न सजिलो हाेस भन्नाका लागि विपद व्यवस्थापन काेष निर्माणकाे अभियान शुरु गरेका छौँ सबैबाट आवस्यक सहयाेगकाे अपेक्षा गर्दछौँ काेष व्यवस्थापन सँयाेजक नेकपा एमाले रुरुक्षेत्र वडा न १ गाउँ कमिटी सचिव चिरन्जिवि ज्ञवालीले भने ।
पार्टीको सामाजिक उत्तरदायित्वकाे कामलाई जिवन्त राख्न समुदायको शुखदुखमा साथ दिनु पर्छ ज्ञवालीले बताए।



















Discussion about this post