कालीगण्डकी गाउँपालिकाद्वारा वडा नम्बर ५ मा बजार अनुगमन

23
SHARES
192
VIEWS

चैत -२३
यम सोमै स्याङ्जा – कालीगण्डकी गाउँपालिकाले वडा नम्बर ५ मा अवस्थित जैपते बजार अनुगमन गरेको छ। पालिकाको जैपते क्षेत्रका २५ वटा पसलहरुमा प्रशासकीय अधिकृत सहितको टोलिलेअनुगमन गरेको कालीगण्डकी गाउँपालिकका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनु भयो।

अनुगमनका क्रममा व्यवसाय दर्ता नभएका तथा नविकरण नगरिएका पसलका संचालकलाई व्यवसाय दर्ता गर्न तथा नविकरण गर्न निर्देशन दिइएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।

केही पसलहरुबाट म्याद गुज्रिएका पेय पदार्थ , कस्मेटिक सामग्री तथा खाद्य सामग्री फेला परेकोले ती सामग्रीलाई बरामद गरि नष्ट गरिएको समेत प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो।

बजारमा म्याद गुज्रिएका तथा अखाद्य पदार्थहरुको बिक्रीवितरण भैरहेको हुन सक्ने भन्दै पालिकाले बजार अनुगमनलाई अन्य वडाहरुमा पनि निरंतरता दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार