दर्शकको मनमा हिट बन्यो खेम सेन्चुरीको “बाहुन बाजे” बिनोद भण्डारीको कथाले दर्शकलाइ रोमान्स…..

12
SHARES
102
VIEWS

सुमन ढकाल:-असोज-१२,काठमाण्डौ।
लोक सांगीतिक पाटोमा एकक्षत्र गायन सर्जकको रुपमा खेम सेन्चुरीको यो सृजनाले दर्शकको मन निकै तानिएको छ। लगत्तै तिज सकिदै गर्दा यतिबेला बाहुन बाजेको रौनक चौतर्फि छ। टिकटक देखि युटुवसम्म गीतले तहल्का पिटेको छ। खेमकै शब्द लयमा रहेको गीत हो “बाहुन बाजे”।

खेम र दिपिका वयम्वुको स्वरमा सजिएको सृजनालाइ विनोद भण्डारीको कथा निर्देशन अभिनय संगै युटुव बाट बजारमा आएको छ। गीतको कथा दृश्यले मन झन लोभ्याइरहेको छ। दमदार भिडियो अभिनय गायन सवै पाटोले च्याप्पै दर्शकलाइ ठमाइदिएको छ। झन्डै ८ लाख टिकटक बन्दै गरेको यो गीतले युटुवको भ्यु पनि ६० लाख नाघेको छ। के चाडपर्व के तिज कुनै पर्वको हिस्सा नराखी गीतले उचार पछार गराइदिएको छ।

वान डिभि रेकर्डिडं स्टुडियो बाट रेकर्ड भएको गीतलाइ संयोजन, अडियो मिक्सिडं एच वि एन किस्मतले गरेका हुन्। भिडियो तर्फ जुना विश्वकर्मा र स्वयम् निर्देशक विनोद भण्डारीको अभिनय देख्न सकिन्छ। प्रशान्त मगरको नृत्यमा कोरियोग्राफी छ। अल्लि मिलेन तिम्रो कम्मर मिलेन, बाउनी बनाम कि बैनी लेउ त केडा हो खैनी, डाइरेक्टर भेट्न आको थ्यो अस्ति छैन र म हिरोनी जस्ती जस्ता केही शब्दले निकै रोमान्स गराइदिएको छ। कति सुनौ जति सुनेनी धित भन्छन् दर्शक श्रोता।

सवै शब्द पुरा भिडियोले मन तताइदिएको भन्दै ब्यापक नाचिरहेका छन्। भिडियोको कलरिडं मिलन विश्वकर्माको रहेको छ भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गीतलाइ थप शुभकामना ।पुरा भिडियो बिनोद भण्डारीको युटुवमाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार