यम सोमै
गुल्मीको सत्यवती गाउँपालिकामा अवस्थित सत्यवती क्षेत्र प्रकृति प्रेमीहरुको लागि आकर्षक गन्तव्य बन्न पुगेको छ। उक्त क्षेत्र प्राकृतिक रुपले मात्र महत्त्वपूर्ण नभई धार्मिक रुपले समेत महत्त्वपूर्ण रहेको छ। सत्यवती बज्यैको मन्दिर पनि यहीँ स्थानमा अवस्थित भएकोले यस क्षेत्रको गरिमा अझ बढी रहेको छ।
विशेष गरि हरेक वर्ष भ्याकुम पूर्णिमाको अवसरमा यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ। चिच्याएर सत्यवती बज्यैसंग वर मागेमा पूराहुने जन विश्वास रहदै आएको छ। सो समयमा देशका विभिन्न स्थानहरुबाट पूर्णिमाको दिन भत्तजन हरु यस क्षेत्रमा आउने गर्दछन।
यस स्थानमा आउनका लागि कालीगण्डकी करिडोर रुद्रबेणी बजारबाट करिब २/३ घण्टामा आउन सकिन्छ। हाल रुद्रबेणी ठूलोलुम्पेकको सडक कालोपत्र निर्माणाधीन अवस्थामा रहेको छ। उक्त सडक खण्ड पूर्णरुपमा कालोपत्र भए पश्चात् सत्यवती क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने अपेक्षा गरिएको छ।
मेलाको अवसरमा बाहेक अन्य समयमा पनि यो स्थान नाइट क्याम्पिङको लागि पनि उपयुक्त रहेको छ। स्थानीय बासिन्दाका अनुसार देश तथा विदेशबाट हरेक वर्ष नाइट क्याम्पिङको लागी पर्यटकहरु आउने गर्दछ्न। कोलाहल युत्त शहरबाट सुन्दर र शान्त एवम् प्राकृतिक रुपमा रमणीय स्थानमा समय ब्यतित गर्न यो स्थान यो स्थान उपयुक्त हुने देखिन्छ । यो स्थानको उचित प्रचारप्रसार भएको खण्डमा नेपालको १०० गन्तव्य स्थलहरु मध्ये एक सत्यवति क्षेत्रमा थप पर्यटकहरुको आगमन हुने देखिन्छ ।





















Discussion about this post