बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

13
SHARES
107
VIEWS

असोज -२१, बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा सुनवल नगरपालिका ५ नवलपरासीका ७६ वर्षिया पुरुष र बुटवल उपमहानगरपालिका वडा ९ का ५५ वर्षीया महिला रहेका छन् । मृतक हरु मध्ये नवलपरासीका पुरुष १६ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए। उनमा १६ गतेकै दिन कोरोना संक्रमणको पुष्टि भएको थियो। मृतकमा दम र उच्च रक्तचापको समस्या रहेको थियो। उनको उपचारको क्रममा २० गते राती १२:५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए । त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिलाको असोज १७ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन । उनमा सुख्खा खाकी र उच्च ज्वरो आएको उनको आज बिहान ५:३० बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार