गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला, मृतकको संख्या २९

24
SHARES
110
VIEWS

भदौ -२९,गण्डकी प्रदेशमा आज अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमितका बिरामी थपिएका छन्। प्रदेशमा आज मात्र पोखराका ५४ जना सहित थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा पोखरामहानगरका ५४ जना , तनहँुका १८ जना , गोरखाका ९ जना ,नवलपुरका ४ जना , लमजुङका ३ जना , बाग्लुङका २ जना र स्याङजना १ जना गरी थप ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये पोखरा महानगरपलिका –४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत प्रहरी र वडा नं. ८ की २१ वर्षिय महिला पोखरा महानगरपलिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी रहेको डा. शर्मा बताए ।

त्यस्तै संक्रमित मध्ये भारतबाट आएका पोखरा महानगर वडा नं. –३३ का २३ वर्षिय पुरुष , १४ का ३६ वर्षका पुरुष , १७ का २७ वर्षका पुरुष र जापानबाट आएका ७ का ४४ वर्षका पुरुष क्वारेन्टिनमा रहेको जनाइएको छ ।

अन्य संक्रमितहरु भने कन्ट्याक् टे«सिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।
त्यसै गरि गण्डकी प्रदेशमा मृतकको संख्या पनि दिन प्रति दिन बढि रहेका छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

आज २ जना नवलपरासी गैंडाकोट–९का ६२ वर्षिय महिलाको चितवन मेडिकल कलेज , चितवन र नवलपरासी कै अर्का एक जना मध्यबिन्द –१२ का वर्ष ६० का परुषको लुम्बिनि अस्पताल , रुपन्देहिमा मृत्यु भए सँगै प्रदेशमा मृतकको संख्या २९ पुगेको हो ।

निमोनिया , मधुमेह , उच्च रक्तचाप र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराइरहनु भएका दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार