साप्ताहिक राशिफल

114
SHARES
130
VIEWS

आजको पञ्चाङ्ग – २०७७/०५/२८ आइतबार आश्विन कृष्ण पितृ पक्ष दशमी श्रद्ध दशमी तिथि रात्री ११ः२५, आद्रा नक्षत्र दिनको १ः००, वणिज करण, व्यतिपात योग । सूर्योदय बिहान ०५ः४८, सूर्य अस्त बेलुका ६ः१०, दिनमान ३० घटी ५५ पला चन्द्र मिथुन राशिमा रहेको छ ।

खासमा राशि भनेको २७ वटा नक्षत्रको एउटा समूह हो । राशिको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ३६० डिग्रीको हुनेगर्छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।


आउनुहोस् जानौ एक साता भरीको मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन लगायतका १२ राशिको राशिफलका बारेमा जानकारी लिऔँ ।


मेष: काममा पदोन्नतीको सम्भावना देखिनुका साथै नँया काम पउन सकिन्छ। व्यपार व्यवसायमा भने सोचे अनुसार नहोला। घर तथा परिवारीक सुख भने प्रसस्त मिल्नेछ।

वृष: भाग्यमा रोकिएको चिज प्राप्त हुनुका साथै तपाइलाइ भाग्यले साथ दिनेछ। पिताजी सँगको सम्वन्धमा सुमधुरता छाउने छ। नया भोजनको स्वादलिन पाउन सकिन्छ।

मिथुन: चोच पटक लाग्न सक्छ लामो यात्रा भने नगर्नुहोला अन्यथा समस्यामा पर्न सक्नुहुन्छ। तर भाग्यमा रोकिएको चिज प्राप्त गर्न सक्ने समय छ। विदेश यात्राको सम्भावना पनि देखिन्छ।

कर्कट: दाम्पत्यजीवन राम्रो भएर जानुका साथै प्रेमलाइ विवाहमा परिणत गर्न सक्ने समय छ। पाटनरमा गरेको काममा सफलता हात लाग्नुका साथै आर्थिक लाभको समय छ।

सिंह: शत्रु वृद्धिभएर जानुका साथै काममा वाधा आउने छ। स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ। साथीभाइ सँग रमाइलो भेटघाट हुने सम्भावना छ।
कन्या: विदेश जाने विचारमा हुनुहुन्छ भने कामलाइ अग्रसर हुदा राम्रो होला। सन्तान सुखको साथै काममा प्रसम्सा प्राप्त हुन सक्नेछ। आर्थिक वृद्धिको पनि सम्भावना छ।

तुला: चौपाय तथा सवारी साधनको सुखपाउन सक्ने समय छ तर आमाको स्वस्थ्यलाइ लिएर भने चिन्ता वढ्ने देखिन्छ । अरुको विष्वास गर्नु पूर्व धेरै सोचनुहोला अन्यथा तनाव हुनेछ ।

वृश्चिक: दाजुभाइ दिदि वैनी सँगको सम्वन्धमा प्रागाढ छाउने छ भने तपाइको प्रराक्रम वढेर जानुका साथै तापइ प्रसम्साको पात्र वन्नुहुनेछ। काममा पदोन्नतीको सम्भावना छ।

धनु: कुटुम्व सँगको सम्वन्धमा सुमधुरता छाउनुका साथै वोलीमा मिठास थपिने छ। अचल सम्पतिको किन वेच हुन सक्छ। नया काममो थालनी गर्न सकिन्छ।

मकर: मान सम्मानमा वृद्धि हुनुको साथै आर्थिक लाभको पनि सम्भावना छ। काममा प्रसम्सा पा्रप्त होला। व्यपार व्यवसायमा लाभ हुने समय छ।

कुम्भ: धन हानिको सम्भावना छ जोगिनुहोला। विदेश क्षेत्रवाट भने लाभको समय छ। विदेश जाने विचारमा हुनुहुन्छ भने जानलाइ प्रयास गर्दा राम्रो होला।

मीन: आर्थिक लाभको समय का साथै साथी भाइसँग मिलेर लगानी गर्ने अवसर प्राप्त हुन सक्छ। नँया मान्छे सँगको भेटघाटले मन रमाउने छ। दाम्पत्य जीवनमा रामाइलो माहोल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार