नेयमार दुई महिना मैदान बाहिर रहने

28
SHARES
236
VIEWS

काठमाडौं, १४ मंसिर

ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् ।

२९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।

पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार