वर्षायामको सुरु भयो- पानी जन्य रोगबाट कसरी जोगिने?

44
SHARES
368
VIEWS

अषाढ – ३
वर्षायाम सुरु भयो- पानी जन्य रोगबाट कसरी जोगिने – स्वास्थ्यकर्मी:- सन्ध्या केसी

मनसुनको कारणले बाढी पहिरो जाने जनधनको नास गर्ने , पानीको मुहानमा हिलो ,माटो, वालुवा, गाईवस्तु मानव मलमूत्र मिसाएर पानीलाई दुषित पार्दछ र दुषित पानीमा भाइरस, प्रोटोजोवा, ब्याक्टेरिया, परजीवी जुका आदि रहेका हुन्छन् र दुषित पानी मान्छेले पिउदा विभिन्न रोगहरू लाग्ने गर्दछ।
१. झाडापखाला
२. हैजा
३. म्यादी ज्वरो
४ . हेपाटाइटिस ए र बि
साथै यो समयमा लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । यो समयमा डेङ्गु र मलेरिया जस्ता लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुको जोखिम उच्च हुने गर्दछ।

दुषित पानीबाट लाग्ने रोगहरूबाट बच्न दैनिक प्रयोग गर्ने, पिउने पानी उमालेर, फिल्टर गरेर सफा भाडामा भण्डार गरेर स्वच्छ बनाएर पिउनु पर्दछ। घर वरिपरि सफा राख्ने पानी जम्मा हुने खाल्टा खुल्टिहरु पुर्ने । स्वच्छ पानीको महत्व
पानी हाम्रो शरीरलाई चाहिने अत्यावश्यक कुरा हो।

हाम्रो शरीरको ६५/७० प्रतिशत भाग पानी ओगटेको हुन्छ। दैनिक २/३ लिटर स्वच्छ र सफा पानी पिउनु पर्छ । पानीले हाम्रो शरीर स्वस्थ राख्नुका साथै रोग लाग्नबाट बचाउन पनि मद्दत गर्छ।

पानीले शरीरलाई सुख्खा हुन, हाडजोर्नी, टाउको दुखाई, किड्नीको समस्या, पिसाब पोल्ने पहेलो आउने, आँखा धमिलो हुने, कब्जियत,एसीडीटि ,खाना नरुच्ने,रिंगटा लाग्ने,मन ढुक्क ढुक्क हुने जस्ता धेरै समस्याबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार