आदर्श मावि लसर्घाबेशीद्वारा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने

29
SHARES
244
VIEWS

पुस-२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री आदर्श माविले पालिका अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता राख्ने भएको छ। कालीगण्डकी गाउँपालिकामा मनोरञ्जनात्मक कार्यक्रम तथा खेलकुदका कार्यक्रमहरु उल्लेख्य मात्रामा आयोजना गरिए पनि बौद्धिक प्रतियोगिताहरु नगन्य मात्रा हुँदै आएको थियो ।

बिद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारी पुस २६ गते अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता राखिएको बिद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा मगरले जानकारी दिनु भयो। लोक सेवा , शिक्षक सेवा , सेना , प्रहरी तथा प्राविधिक तहमा स्थायी तवरले सेवा प्रवेश गर्नका लागि सामान्य ज्ञान अति आवश्यक भएको हुँदा यो कार्यक्रम शैक्षिक वर्गलाई सहयोगि तथा प्रभावकारी हुने समेत प्रधानाध्यापक थापा मगरले जानकारी दिनु भयो।

पछिल्लो चरणमा विद्यार्थीहरुमा पढाई लेखाइ प्रती अभिरुचि घट्दै गएको परिप्रेक्ष्यमा यो कार्यक्रमले प्रतिस्पर्धाको भावना एवम् शिक्षा प्रती सकारात्मक धारणाको विकास हुने बिद्यालयले अपेक्षा गरेको छ।

कालीगण्डकी गाउँपालिकामा आदर्श माविले पालिकाका सवै बिद्यालयहरुलाई समेट्ने गरि कार्यक्रम आयोजना गरिनु एकदमै स्वागतयोग्य कार्य रहेको पाइएको छ। पालिकामा रहेका अन्य बिद्यालयहरुले पनि वार्षिकोत्सब तथा अन्य अवसर पारी आगामी दिन हरुमा यस्तै प्रकारको बौद्धिक तथा खेलकुदका कार्यक्रमहरु आयोजना गर्नु पर्ने देखिन्छ ।

यस्ले बिद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गरि समग्र बिद्यालयको शैक्षिक अवस्था तथा गुणस्तर अभिवृद्धि हुने समेत देखिन्छ। यस्ता खालका बौद्धिक कार्यक्रमहरुलाई कालीगण्डकी गाउँपालिकाले समेत चासो एवम् प्रोत्साहन गर्नु पर्ने देखिन्छ । पालिकामा रहेका ४० वटा भन्दा बढी सङ्ख्यामा रहेका युवा क्लब तथा संघ संस्था हरुले पनि न्यून रकम खर्च गरि यस्ता प्रकारका शैक्षिक कार्यक्रमको आयोजना गर्नु पर्ने आवश्यकता देखिएको कालीगण्डकी पोष्टका अध्यक्ष यम सोमैले आफ्नो धारणा राख्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार