जनै पूर्णिमा तथा साउने सोमबारको दिन श्री छायाँक्षेत्र शिव मन्दिरमा पुजापाठ गर्न निषेध

156
SHARES
148
VIEWS

संगम अधिकारी

साउन -१८,कोरोनाको सँक्रमण बढेको कारण स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदीमा साउने सोमबार तथा जनै पुर्णिमाको दिन विशेष स्नान तथा पूजापाठ बन्द गरिएको छ । स्याङ्जामा पछिल्लो समय सुरक्षाकर्मी तथा चिकित्सकमा समेत कोरोना देखिएपछि यही साउन २३ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेक घरबाहिर नजान भनेपछि मन्दिर प्रवेशमा रोक लगाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । केहि समय खुलेको लकडाउनको समयमा जिल्लाका प्रहरीहरुमा कोरोना भाइरसको संक्रमण देखिएकोलेे २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
छायाँक्षेत्र मन्दिर सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार कोरोना संक्रमण समुदाय स्तरमै फैलिन सक्ने भन्दै मन्दिरमा १९ गते सोमबार साउने सोमबार तथा जनैपुर्णिमाका अवसरमा हुने कुनै कार्यक्रम तथा पुजापाठ नहुँने भएको हो । यसअघि मन्दिर प्रवेशमा केहि खुकुलो भएपनि निषेधाज्ञा जारी गरेको समयमा मन्दिरमा पूजापाठका लागि कडाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार