कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

19
SHARES
159
VIEWS

 

माघ -९
स्याङ्जाको कालीगण्डकीमा अवस्थित श्री जनहित मा.वि.को ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ।

श्री जनहित मा.वि. भू.पू. विद्यार्थी मंच स्याङ्जाको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा पालिका भरिका ८ वटा विद्यालयहरुले सहभागिता जनाएका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।

प्रतियोगितामा श्री मिर्मी आधारभूत विद्यालयकी संस्कृती पाण्डे प्रथम , श्री आदर्श मा.वि.का किरण पाण्डे द्वितीय , श्री जनहित मा. वि. कि पूर्णिमा श्रेष्ठ तृतीय र श्री भगवती नमूना मा.वि. कि रितिका पाण्डेले सान्त्वना स्थान हासिल गरेको समेत कार्यक्रम संयोजक सोमैले जानकारी दिनु भयो।

“लागू पदर्थको सेवन , दुर्व्यसन र यसको सम्मुन्नत समाजमा असर तथा रोकथाम” शिषर्कमा प्रतियोगीहरुले निकै आकर्षक भनाईहरु व्यक्त गरेका विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो।

विद्यालयका प्रधानाध्यापक क्षेत्रीले कार्यक्रम भब्य र सब्य रुपमा सफल पार्ने महत्त्वपूर्ण भूमिका खेल्नु हुने भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि. उपस्थित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि , प्रमुख अतिथि , बिशिस्ट अतिथी , जनप्रतिनिधि ,पत्रकार , उपस्थित सम्पूर्ण महानुभाव तथा शिक्षक कर्मचारीलाई हार्दिक आभार व्यक्त गर्नु भयो। कार्यक्रममा कार्यवाहक गाउँपालिका अध्यक्ष सावित्रा कोइरालाले मन्तव्य राख्ने क्रममा यस्ता खालका शैक्षिक प्रतियोगिताले समाजमा सकारात्मक संदेश जाने बताउनु भयो।

कार्यवाहक अध्यक्ष सावित्रा कोइरालाले पालिकामा आफुले पोषण मैत्री कार्यक्रम र बालमैत्रीकार्यक्रमलाई प्रोत्साहन गरेको समेत बताउनुभयो कार्यक्रममा सभापतिको रुपमा विद्यालय व्यवस्थापन समितका अध्यक्ष वेग प्रसाद श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथिमा कालीगण्डकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष सावित्रा कोइरला , वडा नम्बर १ का वडा अध्यक्ष एवम् कालीगण्डकी गाउँपालिकाका प्रवक्ता कृष्ण वहादुर लामिछाने , समाजसेवी बम लामिछाने , भगवती नमूना मा.वि. का प्रधानाध्यापक राम प्रसाद पाण्डे , पूर्व शिक्षक यदुनाथ पाण्डे खुसी पाठ्यक्रमका संयोजक डिबि राना लगायत महत्त्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार