चुरामणि तिमिल्सिना
रुरुक्षेत्र गाउँपालिका गुल्मीमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजनमा कार्यक्रम गरिएको हो । समापन समारोहमा अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिनादेबी गौतम र सामाजिक बिकास समिती संयोजक शेष नारायण पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा दुर्गा घायलले जातिय बिभेदको पृष्ठभुमि , दलित आन्दोलनको पृष्ठभुमि, दलितहरुको राजनैतिक सामाजिक आर्थिक धार्मिक अबस्था र स्थानीय तहले खेल्न सक्ने भुमिका, प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौडेल, हेम बहादुर कार्की र दामोदर ज्ञवालीले संबिधानमा दलित अधिकार र कानुनी ब्यबस्था,बिधायन समिती संयोजक तथा रुरु ४ कि दलित महिला सदस्य ममता आत्रेय सुनारले न्यायिक समिती र राष्ट्रिय दलित आयोगको काम कर्तव्य र अधिकारका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागीता जनाएका सहभागीले यो कार्यक्रम प्रभाव कारी भएको भन्दै आगामी दिन्हरुमा टोल बस्ती हरुमा पनि यस्तै कार्यक्रम सन्चालन गर्न आग्रह गर्दै हरेक तह र तप्का बाट दलित कार्यक्रमहरु लाई बजेट निर्माण गर्न समेत आग्रह गरेका थिए ।
Discussion about this post