सुमन ढकाल। काठमाडौंमा सम्पन्न सदनको चौथो वार्षिक साधारणासभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। गायक पशुपति शर्मा अध्यक्ष पदमा र्निविरोध निर्वाचित भएका हुन् ।शिव हमाल वरिष्ठ उपाध्यक्षमा, प्रथम उपाध्यक्षमा खुमन अधिकारी, द्वितीय उपाध्यक्षमा शंकर बिरही गुरुङ, महिला उपाध्यक्षमा भिमु गुरुङ चयन भएका छन् भने महासचिवमा धनश्याम रिजाल पुन दोहोरिएका छन् ।
अर्जुन थापा उपमहासचिवमा ,कोषाध्यक्षमा सुजन लम्साल चयन भएका हुन्। सचिवमा रमेश बाबु थापा र प्रसाद लामिछाने, सहकोषाध्यक्षमा शिशिर पौडेल निर्विरोध चयन भएका छन् ।
सदस्यहरुमा प्रकाश पराजुली, यज्ञ सापकोटा, माया गुरुडं, कमला गैर्हे,पवित्रा काफ्ले, अस्मिता रणपाल,सुनिता नेपाली,राजु गुरुडं चयन भएको संस्थाले जानकारी गराएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामप्रसाद तिवारी, संरक्षक वरिष्ठ कलाकार पुरुषोत्तम न्यौपाने, आधिखोला प्रमुख विश्व पौडेल,गृह उपसचिव शशि लम्साल,अर्थ मन्त्रालयका सह सचिव टेकराज पाण्डे कार्यक्रममा उपस्थित भएका छन् र संगै कार्यक्रममा पत्रकार संचारकर्मीको पनि उपस्थिति रहेको थियो।
Discussion about this post