सुमन ढकाल,जेठ-२८।
नेपाली लोक दुनिया यतिबेला मौलाइरहेको छ। टिपिकल संगै फरक पाटोका गीत गर्दै अगाडी लम्कदै छन् नन्दु परियार।गुल्मी थोर्गामा जन्मीएका नन्दुको स्वर संगै संगीतको कदमले रंग फेर्ने क्रममा छ। नन्दुको पहिलो गीत हो “अरु भन्दा भाछु भिन्न म”।
जुन गीत २०६८ सालमा रेकर्ड भएको हो। स-साना कार्यक्रम विद्यालय तिर पनि गाउने मनोबल बढाएका नन्दुको बाटो अलगियो। दुनियाको रंग फेर्ने बाटोमा सांगीतिक यात्रा उक्लिदै गयो। संगै पछिल्लो समय नन्दनी बोलको गीतले नन्दुको लोकप्रियता बढ्यो।जसमा खेम सेन्चुरी र सपना रोकाको आवाज छ भने नन्दुको संगीत रहेको छ।
सपना संगै बुनिएका जिवनको तरंगमा नन्दुको रातै रमाइलो, मुटु रेटिन्छ जस्ता गीतले दर्शकमा उर्जा बढ्यो। कार्यक्रम बाटो पनि नन्दुको अगाडी बढ्न लायो। र बनाएका सपना बुनिदै गए।
तत्काल समयमा गाला पुक्क पुक्क बोलको गीत बजारमा छ। जसमा संगीतले स्रोताको मन छुदै गएको छ। नन्दु परियार संगीत क्षेत्रमा केही अवार्ड समेत लिइसकेका छन्।





















Discussion about this post