कृष्ण अन्जान
जेठ -४ लकडाउनकाे उपयाेग गर्दै यतिबेला रुरुक्षेत्रकाे थाेर्गा गाउँका किसानहरु बारिमा मकै खन्न व्यस्त छन ।
याे वर्ष वैशाखकाे पहिला र दाेस्राे साता पानी परेपछि किसानहरूले मकै छर्न पाए र जेठकाे पहिलाे सातानै मकै खन्ने बेला भएकाे छ ।
“वारि भरि मकै हरिया भैसके पानी धेरै परेकाले लछप्पै झार उम्रेकाे छ, छिट्टै नखने झारले ढाकेर खन्नै सकिन्न त्यसेले पनि एकाेहाराे मकै खन्न लागेका छौ।” रुरुक्षेत्र १ च्यूरेककि दुर्गा पाैडेलले भन्नु भयाे ।
रुरुक्षेत्रकाे माैसम पनि फरक फरक छ। यतिबेला बलेटक्सार बम्घा, थाेर्गा, रिमुवा तिर मकै खन्ने सिजन शुरु भएकाे छ तर यहि गाउँपालिका भित्रकाे भट्कुवा गाउँना बल्ल मकै छरिँदै छ ।
भट्कुवाकाे माटाे ठुलाे पनि छ र राताे पनि त्यसैले सानाेतिनाे पानीले माटाे भिज्दैन मज्जाले हाल नभै मकै छर्ने कुरा पनि भएन त्यसैले मकै छर्न ढिलाे भएकाे हाे भट्कुवाका लक्ष्मण खनालले भन्नुभयाे ।
रुरुक्षेत्र गाउँ पालिका भित्रकाे प्रमुख बालि मकै भएकाले पनि किसानहरु मकै खेतिकाे धेरै स्याहारसुसार गर्छन ।
रुरुक्षेत्रका किसानहरूले मुख्यतया बैशाखमा मकै छर्ने जेठमा एकाेहाराे असारमा दाेहाेराे मकै खन्छन र साउने सक्रान्ति अथवा जनैपूणिर्मामा हरिया मकै चढाएर खान थाल्छन भने भदौमा मकै थन्क्याउने सिजन मानिन्छ ।
मकैले साउन देखि नै सहकाल ल्याउँछ ।पाेलेर उसिनेर मकैले छाक टार्ने गरिन्छ भने वर्ष भरिनै पहिलाे खान्कि मकैकाे अाटाे हुने गरेकाे छ ।
मकै लगाउन देखि बालि थन्क्याउने बेला सम्म दुखकाे खेति भएपनि मकै भुटेर पिसेर कुटेर अाटाे सातु राेटि जे बनाएर पनि खान सकिने अन्न हाे ।
यहि मकै भैँसि गाई बाख्रा कुखुरा सबैका लागि पाेषिलाे दाना हुने गरेकाले पनि राम्रै मुल्यमा बिक्री हुने गरेकाे छ ।
यतिबेला मकै प्रति पाथि १ सय ५० बजार मुल्यमा खरिद बिक्री भइरहेकाे छ ।
रुरुक्षेत्रका वासिन्दा हरुले मकैकाे आटाे-पिठाे शहर तिर बस्ने अाफन्त हरुलाइ काेसेलिकाे रुपमा पठाउने गरेका छन ।
पछिल्लो चरणमा अत्यधिक मान्छे हरुमा मधुमेह देखिएका कारण पनि मकैकाे आटाे राेटाे सातुकाे सेवन र माग समेत बढेकाे छ ।
Discussion about this post