कृष्ण अन्जान
जेठ -५। रुरु -आय आर्जनका लागि राम्रै श्राेत मानिएकाे लाेकल कुखुरा पालनतर्फ आकर्षित रुरुक्षेत्र गाउँपालिकाका किसानहरुले पालेका कुखुरा भटाभट मर्न थाले पछि यतिवेला पिडामा रहेका छन् ।
चैत्रकाे पहिलाे हप्ता देखि याे क्षेत्रका कुखुरापालक किसान हरुले पालेका लाेकल कुखुरा अज्ञात रोगका कारण मर्न थालेका हुन् ।
खाेर भरि लाेकल कुखुरा थिए मरेर सबै सकिए खै के राेग हाे थाहा भएन रुरुक्षेत्र गाउँ पालिका १ का शिव ज्ञवालीले भन्नु भयाे ।
झाेँक्य्राउँछन केही खादैनन – अनि भुतुक्क हुँदै मर्छन आफ्ना मात्र तीस भन्दा बढि लाेकल कुखुरा मरेकाे ज्ञवालीकाे भनाइ छ ।
त्यसाेत रुरुक्षेत्र १ काे स्यालपाेखरी क्षेत्रका कुखुरापालक किसानहरुका दर्जनौं लाेकल कुखुराहरु अज्ञात राेगले मरेका छन्।
गाउँ घरमा सामान्य घर खर्च चलाउन र घरमै लाेकल अण्डा साथै कहिलेकाही मासुले मुख फेर्न रुरुक्षेत्रका किसान हरुले घरै-पिच्छे लाेकल कुखुरा पाल्ने गरेका छन् ।
गाउँघरमा अाउने मुसाफिर हरुकाे खान्किकाे पहिलाे राेजाइमा लाेकल कुखुरा हुने गर्छ भने केही समुदायमा पाहुना आउँदा लाेकल कुखुराे काटेर पाहुनालाइ स्वागत गर्ने चलन छ ।
कुनै समुदायमा आफन्त, छाेरी-ज्वाइँ भेट्न जाँदा लाेकल कुखुराे पाहुरकाे रुपमा लैजाने चलन छ ।
परम्परावादि रुपमा गाउँ घरमा क्षत्रि मगर दलित परिवारमा लाेकल कुखुरा पाल्ने चलन भएपनि पछिल्लो चरणमा ब्राम्हणहरुले पनि लाेकल कुखुरा पालनलाइ व्यवसायीक बनाएका छन ।
लाेकल कुखुराको बजार मूल्य प्रतिकिलो ७ सय पर्छ भने गाउँघरमा आउने पारखी हरुले लाेकल कुखुरालाइ जति रकम हालेर खाने गरेका छन यसैले पनि लाेकल कुखुरापालनमा आकर्षित यसक्षेत्रका कुखुरापालकहरु लाेकल कुखुरामा लाग्ने अज्ञात राेगका कारण व्यवसायिक घाटा व्यहाेर्न बाध्य छन ।
Discussion about this post