संस्कृत भाषाको लोकप्रियता

12
SHARES
102
VIEWS


चिरन्जिवि ज्ञवाली,मंसिर-२१।नेपालमा प्रजातन्त्र उदयसँगै पाठ्यक्रमबाट हटाइएको संस्कृत शिक्षा फेरि लागु गर्नका लागि आधारभूत तहको पाठ्यक्रम निर्माण गरिएको छ । सरकारको यो कार्यले करिव ३० वर्षपछि संस्कृत भाषाले पुनर्जीवन पाउने आशा जागेको छ ।

तथापि, आधारभूत शिक्षाका लागि यसलाई अनिवार्य भने गरिएको छैन । अध्यापन गराउन चाहने विद्यालयहरूले मुलुकमा रहेका १२९ वटा मातृभाषा, कला, संस्कृति, इतिहास, भूगोल, संस्कृत वा अन्य कुनै पनि विषय छानेर पढाउन सक्ने छन् । १२९ भाषा मध्ये २६ मातृभाषाको पाठ्यक्रम बनेकोमा संस्कृतलाई पनि एउटा भाषाको रूपमा समावेश गरी नमूना पाठ्यक्रम बनाइएको छ । संस्कृत भाषाको पुनरागमनलाई लिएर कतिले ‘यो केका लागि ?’ भनी प्रश्न उठाएका छन् भने कतिले संस्कृत जस्तो सभ्रान्त र प्राचीन भाषालाई पुनर्जीवित गराएकोमा खुशी ब्यक्त गरेका छन् ।

संस्कृत भाषा ध्वनी र उच्चारणसँग सम्बन्धित छ । संस्कृतको उच्चारण गर्दा सबै मांसपेशीको अभ्यास हुन्छ भनिन्छ । ‘ओम’लगायतका शब्दहरू यसका उदाहरण हुन् । संस्कृतमा शब्दसँगै ध्वनी महत्वपूर्ण छ । संस्कृतमा बोल्दा ४९ प्रकारका ध्वनी प्रवाह हुन्छ, जसले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ भन्ने छ । रोचक कुरा के छ भने संस्कृतमा लेखिएको शास्त्र वेदमा ब्रम्हाण्डको ध्वनीका बारेमा उल्लेख गरिएको छ । यता अन्तरिक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नासाले ब्रम्हाण्डको ध्वनी पत्ता लगाई थप अध्ययन गर्दैछ ।

यसको अर्थ प्राचीन ऋषिमुनीहरूलाई ब्रम्हाण्डको ध्वनीका बारेमा थाहा थियो भन्ने हो । संस्कृत भाषा र ब्रम्हाण्डको ध्वनीबीचको अन्तरसम्बन्धलाई बुझ्ने वैज्ञानिक प्रयास जारी छ । अन्तरिक्षमा कुनै पनि सन्देश पठाउनका लागि सबैभन्दा उपयोगी भाषा संस्कृतलाई मानिएको छ । अन्तरिक्षमा अरु कुनै पनि भाषामा सन्देश पठाउँदा उल्टो भएर पुग्ने गरेको पाइएको जसका कारण कति कुरा बुझ्नै नसकिएको र कतिको अर्थ फरक परेको तर संस्कृत भाषामा सन्देश पठाउँदा जस्ताको तस्तै पुगेको वैज्ञानिकहरूको भनाई छ । उल्टो हुँदा पनि संस्कृत शब्दको अर्थमा फरक नपर्ने भएकाले संस्कृत सफल भएको हो ।

अन्तरिक्षमा कुनै पनि सन्देश पठाउनका लागि सबैभन्दा उपयोगी भाषा संस्कृतलाई मानिएको छ । अन्तरिक्षमा अरु कुनै पनि भाषामा सन्देश पठाउँदा उल्टो भएर पुग्ने गरेको पाइएको जसका कारण कति कुरा बुझ्नै नसकिएको र कतिको अर्थ फरक परेको तर संस्कृत भाषामा सन्देश पठाउँदा जस्ताको तस्तै पुगेको वैज्ञानिकहरूको भनाई छ ।

नासाको रिसर्चको आधारमा अन्तरिक्ष तथा अन्य खोज अनुसन्धानका लागि संस्कृतमा आधारित कम्प्युटर निर्माण हुँदैछ जुन सन् २०३४ सम्ममा पूरा हुने लक्ष्य लिइएको छ । संस्कृतमा सबैभन्दा थोरै शब्दमा वाक्य बन्ने भएकाले पनि यो सहज हुने वैज्ञानिकहरूको धारणा छ । यसरी संस्कृत प्राचीन मात्र होइन वैज्ञानिक भाषा पनि बन्न पुगेको छ ।

विश्वमा ४० देशका २ सय ५४ विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ । जर्मनीमा संस्कृत पढाइ हुने १४ वटा विश्वविद्यालयहरू छन्, जहाँ ३४ देशका विद्यार्थी अध्ययन गर्छन् । पछिल्लो समय बेलायत र आयरल्याण्डका केही विद्यालयहरूमा संस्कृतलाई अनिवार्य गरिएको छ । जर्मनीमा राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सको नाम नै लुफ्थान्सा रहेको छ, जुन संस्कृत शब्द हो । हिटलर आफूलाई आर्य ठान्ने भएकाले आर्य–संस्कृति र संस्कृत भाषाप्रति उनको अगाध प्रेम थियो । हिटलरलाई शास्त्रमा भएका कुराहरू सही हुन्छन् भन्ने विश्वास थियो भनिन्छ । शास्त्रहरू संस्कृतमा हुने भएकाले उनले शास्त्र बुझ्नका लागि संस्कृतको ज्ञान अपरिहार्य ठानेका थिए ।

भारतीय विद्वान् राजीव दीक्षितका अनुसार चिकित्सा शास्त्रका विद्वान् चरक महाऋषिको नामबाट जर्मनीमा चिकित्सा विभागको नाम नै चर्कोलोजी राखिएको छ । जर्मनीपछि भारतले संस्कृतमा लगानी गरेको छ । नेपाली, अंग्रेजीमा जस्तो सीमित शब्द नभई संस्कृतमा शब्दहरूको असीमित भण्डार छ । संस्कृतका विद्वान्हरूका अनुसार, ‘संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भइसकेको छ । भविष्यमा संस्कृत कम्प्युटरको भाषा बनेपछि अझ बढि शब्दहरू प्रयोग हुनेछन् ।’ अनन्त शब्द भण्डार भएको संस्कृत सबैभन्दा कम शब्दमा सबैभन्दा बढि कुरा ब्यक्त गर्न सकिने भाषा हो । उदाहरणका लागि ‘अहं ब्रम्हास्मी’ यति छोटो शब्दले ब्यक्तिदेखि ब्रम्हाण्ड सम्म समेट्छ ।

कैयौँ अंग्रेजी शब्दहरू दुई वटा अर्थ दिने छन्, जसलाई कम्प्युटरले कुन अर्थमा भनिएको हो भनेर बुझ्न र उल्था गर्न सक्दैन । तर संस्कृतमा शब्दको अनन्त भण्डार छ, एउटा शब्दको एउटा मात्रै अर्थ हुन्छ । त्यसैले कम्प्युटरमा संस्कृत भाषाको महत्व भविष्यमा धेरै हुनेछ ।

संस्कृतले मानिसलाई मात्र होइन ब्रम्हाण्डलाई एकर्कामा जोड्ने काम गर्छ । सुष्मा स्वराजले ‘संस्कृतका विद्वान्हरू पृथ्वीलाई परिवार मान्छन्, अंग्रेजी बोल्नेले विश्वलाई बजार मान्छन्’ भनेकी छन् । परिवारमा आफ्नोपन हुन्छ र बजारमा ब्यापार हुन्छ । विश्व विभाजित र मानिस आफैमा सीमित भइरहेका बेला संस्कृतको महत्व एकार्कालाई जोड्नुमा पनि छ । ‘बसुधैव कुटुम्बकम’को अर्थ नै यो पृथ्वी, यो संसार एउटै परिवार भन्ने हो । संस्कृत ब्याकरणका प्रवर्तक महाऋषि पाणिनी हुन्, जसले हजारौँ वर्षअघि सूत्र निर्माण गरे । यस्तो सूत्र जसमा कहिल्यै परिवर्तन आएन । विश्वको कुनै पनि भाषा परिवर्तन भइरहन्छ तर संस्कृत भाषा शुरुमा जे थियो अहिले पनि त्यही हो, अलिकति पनि परिवर्तन भएको छैन । हजारौँ वर्षअघि वेदब्यासले बोलेको, लेखेको संस्कृत र हामीले बोल्ने, लेख्ने संस्कृत एउटै हो । तर दुई सय पैंतालिस वर्षअघि पृथ्वीनारायण शाहले बोलेको, लेखेको नेपाली र अहिलेको नेपालीमा परिवर्तन आइसकेको छ ।

विभिन्न सोध तथा अनुसन्धानका अनुसार नेपाली, हिन्दी, मराठी, फ्रेन्च, जर्मनलगायत विश्वमा ५६ भाषाहरू संस्कृतमा आधारित छन् । इन्डोनेशियामा ब्यक्तिदेखि टापुहरूको नामसम्म संस्कृतमा राखिएको छ । सुकार्नो, महापुत्र, देवी, अनि, अदि, आदित्य, बुदी, पुत्री लगायतका नामहरू इन्डोनेशियामा हाम्रो राम, श्याम, सीता भनेझैं साझा नाम हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार