१८ असोज । पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद एवं नेकपाका केन्द्रीय सदस्य दलबहादुर राना कोरोना संक्रमणमा परेका छन् । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको कोभिड – १९ रिपोर्ट पोजेटिभ आएको हो ।
‘हिजो नमूना दिइएको थियो । आज रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य नै छ,’ सांसद रानाका स्वकीय सचिव विश्व गैरेले बताए । सांसद राना अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना भएका छन् ।
Discussion about this post