बुध, असार ९, २०७८
बुध, असार ९, २०७८

पुल निर्माणमा अवरोध गर्ने हार्ड ग्राभेललाई तोड्न ड्रक्टलाइन मेसिन आइपुग्यो

वैशाख २८

यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डी भञ्ज्याङ् र गुल्मीको रुरुक्षेत्र गाउँलिका वडा नम्बर १ रिडी जोड्ने पक्की पुल निर्माणको बाधक हार्ड ग्राभेल तोड्न अत्याधुनिक मेसिन निर्माण स्थलमा आइपुगेको छ।

शिलान्यास गरिएको लामो समय सम्म पनि पुल निर्माण नहुनुको मुख्य कारण पुलको मध्य भागको पिल्लर फाउन्डेसनमा भेटिएको हार्ड ग्राभेल रहेको जानकारी निर्माण कम्पनीले दिदै आएको थियो। गत महिना बिज्ञ सहितको टोलिले उक्त स्थानको अवलोकन एवम् ग्राभेल परिक्षण पस्चात उक्त हार्ड ग्राभेल कटान गर्न सकिने प्रतिबेदन प्राप्त भएको थियो । सो स्थानको हार्ड ग्राभेल कटानको लागि सामान्य स्क्याभेटर वा क्रेनले संभावना नभए पछि भारतबाट अत्याधुनिक ड्रक्टलाइन मेसिन झिकाइएको थियो।

ग्राभेल कटानका लागि अत्याधुनिक मेसिन पुल निर्माण स्थलमा आइपुगेको र भोलिबाट कटान कार्य सुरु गरिने स्वच्छन्द निर्माण कम्पनीका साइट म्यानेजर बलराम पन्थीले जानकारी दिनु भयो। हाल पुल निर्माणको अन्य कार्य भइरहेको जानकारी दिदै साइट म्यानेजर पन्थीले उक्त मेसिनद्वारा केही दिन भित्रमा मध्य भागको पिल्लरको फाउन्डेसनका लागि करिब २/३ मिटर कटान गरि सक्ने बताउनु भयो।
मध्य भागको लागि फाउन्डेसन तयार भएमा एक वर्ष भित्रमा पुल निर्माण कार्य सम्पन्न गरिने समेत साइट म्यानेजर पन्थीले जानकारी दिनु भयो।

स्याङ्जाको सुदुर पश्चिममा अवस्थित कारीकोट चण्डी भञ्ज्याङ् र गुल्मीको रिडी बजार जोड्ने यो पुल निर्माण कार्यका लागि आफू निरन्तर रुपमा लागि परेको कालीगण्डकी गाउँपालिका नेकापा एमालेका अध्यक्ष एवम् समाजसेवी कृष्ण लामीछाने मगरले बताउनु भयो। कारीकोट भेगबाट चार पाङ्ग्रे सवारी साधन सहित रिडी र पाल्पा जानका लागि देवपाटन हुँदै जानु पर्ने अवस्था रहेकोले यो मोटरेबल पुल निर्माण पश्चात् छिटो र छरितो समेत हुने अध्यक्ष एवम् समाजसेवी लामिछानेले बताउनु भयो।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार