गुल्मीको हुगामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

48
SHARES
396
VIEWS

जेठ -२४
चुरामणि तिमिल्सिना ।

सरकारले जारी गरेको निषेधाज्ञाका कारण यतिखेर आर्थिक अवस्था कमजोर भएका वर्गहरुलाई छाक टार्न मुस्किल परेको छ। पर्याप्त पैसा भएकाहरुहरुलाई कोरोना प्रभाव न्यून देखिए पनि ज्याला मजदुरी गरेर खाने वर्गलाई कोरोना र निषेधाज्ञा अभिशाप नै बनेको छ।

सरकारले यस्तो बेलामा आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाहरुलाई सहयोग गरेको भने पाइदैन । केहि सामाजिक संस्थाहरुको पहलमा विपन्न वर्गलाई लक्षित गरि सहयोगका कार्यक्रमहरु भने आइरहेका छन् ।

यसै क्रममा सिर्तुङ्ग समाजले सुरुवात गरेको महान अभियान अन्तर्गत कोरोना माहामारीले पुर्याएको असरलाई केही न्यूनीकरण गर्ने उद्देशयले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगामा अति विपन्न १८ घरधुरीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गरिएको छ।

खाद्यान्न वितरण कार्यक्रममा युवा नेता मोति भण्डारी प्रमुख आतिथि रहनु भएको थियो । कार्यक्रममा सुवाश चन्द्र भण्डारीको स्वागत मन्तव्य रहेको थियो ।

केशव भण्डारीको सभापतित्व र युवराज भण्डारीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। अभियानमा बिपन्न घर परिवारको निमित्त प्रती घर धुरिलाई १ बोरा चामल , एक पोका नुन र एक किलो दाल हस्तान्तरण गरिएको थियो।

यो अभियानमा सहयोग गर्नु हुने सहयोगीदाता बुद्धि प्रसाद न्यौपाने ,सुर्यमणी भण्डारी र बिष्णु भण्डारीप्रति समाजले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार