स्याङ्जाको कालीगण्डकीमा २२२ जनाले कोरोना विरुद्धको भेरोसिल भ्याक्सिन लगाए

37
SHARES
307
VIEWS

जेठ -२८

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २२२ जनाले कोरोना बिरुद्धको भेरोसेल भ्याक्सिन लगाएका छन् । पालिकाका विभिन्न वडाका ६२ देखि ६४ उमेर समूहका जम्मा २२२ जनाले तोकिएको स्थानमा गएर भेरोसिल भ्याक्सिन लगाएका कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्क बहादुर थापाले जानकारी दिनु भयो।

पालिकामा ५९८ वटा भेरोसिल भ्याक्सिन आवश्यक भए पनि जम्मा २६४ वटा मात्र भ्याक्सिन उपलब्ध भएकोले करिब ५०% ले मात्र भ्याक्सिन लगाउन पाएको स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिनु भयो। पालिकालाई उपलब्ध भ्याक्सिनहरु मध्ये ४२ वटा बाकी भ्याक्सिन भोलि वडा नम्बर ५/६ का ६२देखि ६४ उमेर समूहकालाई लगाउने कार्यक्रम रहेको समेत थापाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार