कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा गाउँ टोलमै गएर कोरोना परिक्षण

67
SHARES
559
VIEWS

जेठ २९

यम सोमै – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पुनः गाउँ टोलमै पुगेर कोरोना परिक्षण गरेको छ। कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले वडा नम्बर दुई लसर्घाबेशीमा पुगेर कोरोना परिक्षण गरेको हो। आज ४७ जनाको एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणका क्रममा १८ जनामा कोरोना पोजिटिभ देखिएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्क बहादुर थापाले जानकारी दिनु भयो ।

आज संक्रमण पुष्टि भएको सवैको स्वास्थ्य अवस्था सामान्य जानकारी दिदै थापाले संक्रमितहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार