गुल्मी,जेठ २९
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा गुल्मी जिल्लाका १२ वटै स्थानिय तहलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।
शनिबार पत्रकार महासंघ गुल्मीको समन्वयमा अक्सिजन तथा औषधिजन्य सामाग्री हरु हस्तारण गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सम्पर्क समितिका उपाध्यक्ष क्रिस गुल्मेली बाबुले जिल्लामा भएका स्थानिय तहहरुलाई आगामी दिनहरुमा पनि यस्ता किसिमका सहयोगहरु जारी रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
रेसुङ्गा नगरपालिकामा ३९ हजार ३ सय ७५, मुसिकोटमा ५५ हजार ५ सय, मदाने गाउँपालिकामा ४० हजार, कालिगण्डकीमा २ लाख ९४ हजार ७ सय ६८, चन्द्रकोटमा १ लाख २२ हजार ५ सय, सत्यवतीमा १ लाख ४८ हजार ५ सय ५०, गुल्मीदरबारमा ७६ हजार ५ सय, मालिकामा ३५ हजार ७ सय ७०, रुरुक्षेत्रमा ४९ हजार ७ सय, छत्रकोटमा १ लाख ४७ हजार ९ सय ५०, धुर्कोटमा ४९ हजार ६ सय ५० र इस्मामा ४९ हजार ८ सय ५५ रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको उक्त हस्तान्तरण कार्यक्रमका सहसंयोजक केशब भुसाले जानाकारी दिनुभयो ।
मालिका गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले सहयोग गर्ने सम्पर्णलाई धन्यवाद दिदै प्राप्त समाग्रीको सहि सदुपयोग हुने बताउनुभयो ।
गुल्मी सम्पर्क समाज कोरियाले पत्रकार महासंघ गुल्मीलाई पनि ९ हजार ७ सय ५० मुल्यबराबरको समाग्री समेत प्रदान गरेको छ र महासंघले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई वितरण गरेको छ ।
Discussion about this post