पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

40
SHARES
331
VIEWS

असार -१
अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीका अनुसार आज बेलुका ७ बजेको समयमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ मन्छिपमा घर माथिबाट पहिरो खस्दा पुरिएर १९ वर्षीय मदन भट्टराई घाइते भएका थिए। घाइते भएका मदन भट्टराईलाई तत्काल प्रहरी र स्थानीयहरुद्वारा उद्दार गरि पाल्पामा अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा ८:५० बजेको समयमा मृत्युु भएको जिल्ला कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता त्वातीले जानकारी दिनु भयो।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार