मिन थापा
२०७८- असार ४-स्याङ्जा – कालीगण्डकी गाउँपालिका स्याङ्जाको प्रत्यक्ष लगानीमा संचालित कालीगण्डकी अस्पताल मिर्मीले कोरोना कहरको दोस्रो लहर शुरु भए पश्चात् ६० जना कोभिड संक्रमितलाई निशुल्क उपचार गरेको छ।
कोरोना महामारीका कारण बिश्वनै आक्रान्त भएको बेला कोरोना संक्रमितलाई थप आर्थिक भारबाट मुक्त गराउन कालीगण्डकी गाउँपालिकाले निशुल्करुपमा उपचार सेवा गरेको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिनु भयो।
गाउँपालिकाको यो कदम अत्यन्तै महत्त्वपूर्ण रहेकोले कोरोना संक्रमणको बेला यसबाट गाउँपालिकाबासीले राहत महशुस गरेका छन् ।
हाल अस्पतालको आइशोलेशन सेन्टरमा कोभिड १९ बाट संक्रमित ३ जना बिरामीले निशुल्क रूपमा सेवा लिइरहनुभएको अस्पतालका सूचना अधिकारी मिन थापा मगरले जानकारी दिनु भयो।
साथै बिरामीको सेवामा थप सहजता ल्याउन बिरामी प्रतिक्षालय निर्माण हुँदै गरेको र इमरजेन्सी , वार्ड तथा X-Ray र ल्याबमा बिरामी ह्विल चियरमा लिएर जान सजिलोका लागि बाटोमा ढलान गर्ने कार्य समेत भैरहेको सूचना अधिकारी थापाले जानकारी दिनु भयो
यसैबिच गत जेठ २३ गते देखि अस्पतालले सामाजिक स्वास्थ्य बिमा सेवा समेत आरम्भ गरेको छ । गत २३ जेठमा भर्चुअल कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले सामाजिक स्वास्थ्य बिमा सेवा कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नुभएको थियोे ।



















Discussion about this post