परालको विविध सामग्री बनाइ मनग्ये आम्दानी गर्दै गुल्मीकी दिपिका

31
SHARES
258
VIEWS

चुरामणि तिमिल्सिना

असार -११। पाँच दिने तालिमले पर्यटक देखि क्रियापुत्रीले सम्म प्रयोग हुने परालका विभिन्न आर्कषक सामाग्रीहरु बनाउन गुल्मी रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ कि दिपिका थापालाई भ्याइ -नभ्याइ छ ।

घरेलु कार्यलय तम्घास र मेडपाको सहयोगमा आफ्नै घरदैलोमा तालिम लिएर यि सामग्री बनाउन आफु सक्षम भएको दिपिकाको भनाइ रहेको छ।

विद्यालय सञ्चालन हुँदा शिक्षणमा व्यस्त हुने दिपीका खालि समय हुँदा परालका सामग्री बनाउने गरेको दिपिकाले बताउनु भयो।

गाउँमा नै यस्को लागि चाहिने आवश्यक कच्चा सामग्री पाइने भएकोले अन्त धेरै टाढाबाट ल्याउन नपर्ने दिपिकालाइ साथ दिने आमा शान्तिको भनाइ रहेको छ।

आफ्नो परिवारले बिहान देखि बेलुका पाँच बजे सम्म बनाउने गरेको बताउनु भयो ।

मासिक रुपमा खर्च कटाइ झन्डै २० हजार देखि माथि आम्दानी गर्दै आएको बताउनु भयो।

पालिका तथा अन्य संस्थाले मुढा बुन्ने तालिम, अचार बनाउने, मैन बत्ति तालिम, दुना टपरि बनाउने, ढाका बुन्ने सुइटर बुन्ने, फाइबर झोला निर्माण जस्ता झन्डै १ दर्जन भन्दा माथि तालिम सञ्चालन गरिएका थिए।

तालिमले साना आम्दानी हुने महिला दिदी – बहिनीलाई आय आर्जनमा टेवा पुगेको आफुलाई महसुस भएको वडा न१ का वडा अध्यक्ष रामलाल बिकले वताउनु भयो।

तर यो परालको तालिम दुइ पटक मात्र सञ्चालन गरिएको थियो । त्यहाँ सिकेका सिपले आज रोजगार नै सिर्जना गरेको छ ।

यति मात्र हैन पालिकाले ढाका बुन्ने तालिम समेत सञ्चालन गरेको हो ।

यसैअन्तर्गत रुरु ६ रिमुवामा सुइटर बुनाइ पनि प्रभावकारी भएको छ ।अहिले सिमित दिदी बहिनीहरुले काम गरिरहेका छन् ।

यस्तो आफ्नो सिपलाई दीर्घकालीन रुपमा अगाडी बढाउन पालिकाको सहयोगमा कमि नगर्ने रुरुक्षेत्र गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मीदेवी पन्थले बताउनु भयो ।

आगामी तालिमहरु सञ्चालन गर्दा आय – आर्जनमा अझ थप गर्न तालिमहरु सन्चालन गर्ने योजनाहरु अगाडी बढाइएको उपाध्यक्ष पन्थले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार