स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सातदिने च्याउ खेती तालीम सुरु

78
SHARES
652
VIEWS

असार -१२
यम सोमै – स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सात दिने च्याउ खेती सम्बन्धि तालिम सुरु भएको छ। भूमि वयवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग, कालीगण्डकी गाउँपालिकाको आयोजना र कञ्चन बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा सात दिने च्याउ खेती तालिम आज एक कार्यक्रमका बीच सुरु भएको छ।

कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ६ छापमा सुरु भएको उक्त तालिममा २० जना कृषकले सहभागीता जनाएका छन्।

कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिम श्रेष्ठको अध्यक्षतामा समापन भएको उक्त तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर रहनु भएको थियो।

कार्यक्रममा कञ्चन बचत तथा ऋण सहकारीका उपाध्यक्ष इन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो।

यस्तै गरि कार्यक्रममा सहकारी संस्थाका भूपू अध्यक्ष सुन्दर अधिकारी तथा वडा नम्बर ६ का वडा अध्यक्ष लिला बल्लभ अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण भने सहकारी संस्थाका सदस्य डोलराज पाण्डेले गर्नु भएको थियो।

स्याङ्जाको कन्चन बचत तथा ऋण सहकारी लगायत २९ वटा अन्य सहकारी संस्थाहरुले कृषकलाई उद्यमशील बनाउन र आर्थिक स्थर उकास्नका लागि च्याउ खेती , मौरीपालन , सामूहिक तरकारी खेती तथा आचार बनाउने जस्ता तालिमहरु सञ्चालन गर्दै आएका छन् ।

कृषिपेशामा संलग्न हुनका लागि कृषकहरुलाई स्याङ्जाका सहकारी संस्थाहरुको व्यवस्थापनमा हुने यस्ता किसिम तालिमहरुले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा राखिएको छ। बिज्ञान र प्रविधि प्रयोग गरेर कृषिबाटनै आत्मनिर्भर हुन यस्ता किसिमका तालिम कोशे ढुङ्गा सावित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार