चुरामणि तिमिल्सिना
पुस -३
त्रिभुवन माध्यामिक बिध्यालय तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ६२ औवार्षिकोत्सब तथा अभिभावक दिवस समारोह ३ दिने कार्यक्रम का साथ सम्पन्न भएको हो । कार्यक्रमका प्रमुखअथिती तानसेन नगर पालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कार्यक्रममा सम्बोधन गर्दै समग्र रुपमा शिक्षाको बिकस गर्न शिक्षक , बिद्यार्थी , अभिभावकहरु बिच अन्तर्कृया हुनु पर्ने, हाम्रा शिक्षक नभनि राम्रा शिक्षक छनोट गर्नु पर्ने , आधुनिक प्रबिधि शिक्षा लाई जोडदिने ,बताउनु भयो । उहाँले नगर पालिकाको हकमा शिक्षा स्वास्थ, पुर्वधार निर्माण ,छोरि शिक्षा कार्यक्रम पनि प्रभाव कारी बन्दै गयको बताउनुभयो।
व्यवस्थापन समितिका अध्यक्ष दुर्गा द्त्त रेग्मको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल राना, वडा न १२ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईको विशिष्ट आथीत्यता रहेको थियो । व्यवस्थापन समतिकि सदस्य माया पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जन प्रतिनिधि, राजनैतिक दलका प्रमुखहरु सुरक्षा निकाय, पत्रकार , महिला समुह समितिका पधाधिकारी हरु , विभिन्न संघसस्थाका प्रमुखहरु, पत्रकार सम्मानित बगर्हरु लगायतको आथीत्यता रहेको थियो ।कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपालले आर्थिक बर्ष ७७ ७८ को २ करोड ११ लाख ३४ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। यस्तै कार्यक्रममा मात्री सेवा प्रतिस्ठान पोखराको अक्षयकोष बाट १० जना लाई सम्मान र हरि पाण्डेको अक्षयकोष बाट पुर्व प्रधानाध्यापक कृष्ण चन्द्र गैरे , पुर्व गाबिस उपाध्यक्ष भानुभक्त पाण्डे , मरण प्रान्त स्व दोलख बहादुर रानाको परिवार लाई सम्मान पत्र , करुवा दोसल्ला ओडाइ सम्मान गरिएको थियो। कार्यक्रम लाई रौनकता प्रदान गर्न बिच बिचमा बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिय । कार्यक्रमको सन्चालन शिक्षक सन्जय भट्टराईले गर्नु भएको थियो।
Discussion about this post